बाच्न मन छ तर पैसा छैन,हस्त बहादुर शाही


यमु कडेल कोहलपुर् पौष,२३ ,२०७६ – कोहलपुर नगरपालिका वडा न. ५ शान्तिनगर बस्ने हस्त बहादुर शाहीको बिगत १ वर्ष अगाडिबाट दुबै मिर्गौला फेल भएको छ उनलाइ एक्कासि बिहोस भएर हस्पिटल पुगेर उपचार गर्ने क्रममा डाक्टर ले यहा हुदैन भनि काठमाडौ पठाएको थियो ।
काठमाडौको प्रहरी अस्पतालमा १६ दिन पछि होस आएको उनले बताएका थिय। यसै क्रममा पैसाको अभावले गर्दा उनि वडा कार्यलय पनि पुगेका थिए त्यहा बाट कुनै पनि पहल नभएको कारण उनि कोहलपुर वडा न. ११ मा पुगेका थिए र त्यहा बाट सिफारिस गरेर उनलाइ थप एक लाख सम्मको उपचार कोहलपुर हस्पिटलमा गर्ने भनेर उनले सिफारिस ल्याएका थिए,
आफुसङ्ग एउटा गाडी थियो त्यो गाडी बेचेर उपचार गर्छु भन्दानी उपचार गर्ने रकम पुगेन, र मिर्गौला प्रत्यारोपण गर्नका लागी लगभग १५ लाख बदि लाग्ने उनले बताए, उनको श्रीमती ले उनलाइ एउटा मिर्गौला दिन्छु भनेकी छन् ।उपचार गर्दागर्दै सबै रकम सिद्दियको र थप उपचार का लागि आर्थिक सहयोग को अपिल माग्दै छु भन्दै उनि बताउछन् ।


