माया अधिकारीको ‘अन्तै मायाको बसाइ सरेपछि’ बजारमा

कोहलपुर :  सुमधुर स्वरकी धनी गायिका माया अधिकारीको “अन्तै मायाको बसाइ सरेपछि” बोलको आधुनिक गीत बजारमा आएको छ ।

गायिका अधिकारीको स्वरमा रहेको गीतको शब्द जीवन प्रकाश खतिवडा, सङ्गीत सुरेन चन्द ठकुरी, एरेन्ज आशिष अबिरल, भिडियो निर्देशन कमल ओली, भिडियो मिक्सिङ आयुस के सि , अभिनयमा सरला साही, ललित पहाडी, आशा क्षेत्री, निर्मान ब्यबस्थापन गगन दर्नाल, निर्मला के सि लगाएत रहेका छन ।

कल्पनामा बगेर गरिने कुनैपनि गलत मनोवृत्तिको परिमाणलाई भिडियोमा चित्रन गरिएको छ । एकअर्काको भवना र कार्य व्यस्थताको ख्याल नगरी गरिने शंकाले धेरैलाई लङका पुर्‍याएको तितो यथार्थ नेपाली समाजमा ब्यापक् छ । स्वर संगै भिडियोको परिकल्पना र अभिनय उत्कृष्ट रहेको छ । भिडियो लाई ym media बाट बजारमा ल्याइएको छ ।

सम्बन्धित खवर

Back to top button