इलाममा किशोरीको बलात्कारपछि हत्या गर्ने पक्राउ


कोहलपुर
चैत्र ७, २०७६



इलाममा परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको खुलेको छ। सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको मंगलबार बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । स्थानीय ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ को परीक्षा दिन घरबाट हिँडेकी राईको शव बुधबार फेला परेको थियो । विद्यालय पुग्नुभन्दा करिब १५ मिनेटको बाटोमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आकृतिले लगाएको कपडा घुँडाभन्दा तल झारेर खुट्टा बाँधिएको र टाउको प्लास्टिकको बोरामा हालेर पुरिएको अवस्थामा शव भेटिएको थियो ।अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएकोमा एक जनाले चाहिँ आफैंले हत्या गरेको बयान दिएका हुन् ।रोशन राईले आफूले आकृतिलाई बलात्कार गरी हत्या गरेको स्वीकारेको एसपी पाण्डेले बताए ।








