इटालीमा एकैदिनमा ८ सय जनाको मृत्यु

कोहलपुर
२०७६ चैत्र ,९

     इटाली अहिले सम्म बिश्वमै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमणबाट गुज्रिएको छ। शनिबार अबेर भएको घोषणा अनुसार एकैदिन इटालीमा करिब ८ सय जनाको संक्रमणबाट मृत्यु भएको छ।हालसम्म इटालीमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ। लोम्बर्डीमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३ हजार ९५ जनाको मृत्यु भइसकेको छ। यो कुनै पनि देशमा कोरोना भाइरसबाट भएको सर्वाधिक मृत्यु हो।त्यहाँ ५३ हजार ५ सय ७८ जनामा संक्रमण पुष्टि भइसकेको छ। यसैगरी ६ हजार ७२ जना निको भएर घर फर्किएका छन्।यो जोखिमबाट बच्न सबैलाई साबधानी अपनाउन इटालीले अपिल गरेको छ।

 

सम्बन्धित खवर

Back to top button