कोरोनाबाट छुटकारा मिलोस् भनेर दीप प्रज्वलन


काठमाडौं : विश्व अहिले कोरोना भाइरसको चपेटामा परेको छ । कोरोनाको कारण मृत्यु हुनेको संख्या पनि दैनिक बढ्दो क्रममा छ । कोरोनाको भयावहले हरेक मानिस त्रसित भएका छन । विश्व महामारीको रुपमा फैलिएको कोरोनाले विश्वमा मच्चाएको वितन्डबाट छुटकारा र विश्व शान्तिको कामना गर्दै पोखरामा दीप प्रज्वलन गरिएको छ ।
सरकारले लक डाउनको घोषणा गरेको खण्डमा पोखरा ३ नदिपुरका वासिन्दापे भने आ-आफ्नो घरमा दिप प्रज्वलन गरि विश्व शान्तिको कामना गरेका हुन । नदिपुर ज्ञानमार्ग टोलका स्थानियले कोरोनाको प्रभावले परेको देशमा शान्ती र भाइरसको कारण मृत्यु भएकाहरुको आत्माको शान्तिको कामना गर्दै दिप प्रज्वलन गरेका हुन ।



बाहिर निस्कने अवस्था छैन, हामी घरमै बसेर पनि विश्व शान्तीको कामना गरेका छौ, हामी कोरोनाको भयबाट मुक्त हुदै मानसिक रुपमा बलियो भएर घरमै बसे कोरोनाबाट बच्न सक्छौू स्थानीय राजु हुसेनले भने । यस्तो बेलामा कोहिपनी बाहिर ननिस्कन र स्थानिय बासीहरुलाई घरमै बस्न समेत अनुरोध गरे ।








