१०४ वर्षीय वृद्ध: जसले दोस्रो विश्वयुद्धपछि कोरोनालाई पनि जीते

एजेन्सि : दोस्रो विश्वयुद्धमा भाग लिईसकेका १०४ बर्षिय विलियम बिल लैपतिसले कोरोना जस्तो विश्वभरमा भयावह बनेको भाइरसलाई हराइदिएका छन् । कोरोना भाइरस विश्वभरका २०५ देशमा फैलिसकेको छ । यो महामारीले सबैभन्दा धेरै शिकार बृद्ध बृद्धालाई बनाएको छ । यद्यपी, यही बीच १०४ बर्षिय बृद्धाले यो भाइरसलाई जितेर कोरोनालाई चुनौति दिएका हुन् ।

यो भाइरसबाट संक्रमित भएपछि उनी ओरेगनको लेबनान काउन्टी अस्पतालमा भर्ना भएका थिए, जहाँबाट स्वस्थ भएर फर्किएपछि उनले परिवारसँग आफ्नो १०४ औ जन्मदिन मनाए ।

डाकटरका अनुसार, विलियमा कोरोना भाइरसको संक्रमण ५ मार्चबाट देखिएको थियो । यसपछि १० मार्चमा उनको कोरोना टेस्ट गरियो, जहाँ उनलाई पोजेटिभ देखाइयो ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै खतरा बृद्ध बृद्धालाई पर्ने गरेको छ , यस्तैमा विलियमको परिवार यो खबर सुनेर डराए, तर विलियमले सबै आशंकाहरुलाई गलत साबित गर्दे कोरोना भाइरसलाई हराए र आफना परिवारसँग जन्मदिनको उत्सव मनाए ।

विलियम बिलका २ जना नाती, ६ जना पनाती र पाँच जना छोराछोरी छन् । विलियम बिल दोस्रो विश्वयुद्धमा भाग लिइसकेका छन् । उनी अलेउतियन द्धिप समूहमा तैनाथ थिए । विलियमसँग जोडिएको एउटा रोचक कुरा यो पनि छ कि उनले १९१८ मा आएको स्पैनिश फ्लू लाई पनि हराएका थिए ।

सम्बन्धित खवर

Back to top button