लकडाउन उल्लंघन गर्ने दुई सय १६ जनालाई सडकमै कारवाही


धनगढी, २९ चैत्र : सुदूरपश्चिमको राजधानी कैलालीमा लकडाउन उल्लंघन रोकिएको छैन्। जिल्लामै तीन जना संक्रमित भेटिएपनि लकडाउनको उल्लंघन नरोकिएपछि शुक्रवार धनगढी र अत्तरियामा लकडाउनको उल्लङघन गर्नेलाई प्रहरीले सडकमा उभ्याएको थियो।
बिहिवार दुवै ठाउँमा एक सय ५ जनालाई कारवाही स्वरूप एक घण्टा सडकमै उभ्याईएकोमा शुक्रवार दुई सय १६ जनालाई सडकमा उभ्याएर कारवाही गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कोराना (कोभिड १९) भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले गरेको ‘लकडाउन’ उल्लंघन गर्नेलाई कैलाली प्रहरीले शारीरिक दूरी कायम गर्दै पक्राउ गरी सडकमा उभ्याउन थालेको हो।



जिल्ला प्रहरी कार्यालय कैलालीसंग पाँच र ईलाका प्रहरी कार्यालय मालाखेतीसंग पनि पाँच वटा ‘ईम्प्रोभाईज म्यान क्याचर स्टीक’ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार दक्षकुमार बस्नेतले बताए।
लकडाउन अवज्ञा भएपछि कैलालीका विभिन्न स्थानमा प्रहरीले ‘ईम्प्रोभाईज म्यान क्याचर स्टीक’ बाट पक्राउ गरिरहेको छ। अत्यावश्यक कामबाहेक बिना काम घर बाहिर हिडेकालाई जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय मालाखेतीले आफैले निर्माण गरेको ‘ईम्प्रोभाईज म्यान क्याचर स्टीक’ को सहायताले पक्राउ सुरू गरेको हो।








