सुदूरपश्चिम सरकार राहत वितरण गर्दै :  यकिन तत्थाङ्क नहुँदा समस्या

धनगढी, ३० चैत्र : सुदूरपश्चिम प्रदेश सरकारले अति विपन्न, असहाय र ज्यालादारी मजदुरलाई वितरण गर्ने भन्दै ल्याएको १६ करोडको राहत प्याकेज वितरणमा अन्यौलता हुने देखिएको छ। विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको थप संक्रमण फैलिन नदिन गरिएको लकडाउनमा प्रतिपरिवार तीन हजारका दरले वितरण गर्ने भनी ल्याएको राहत वितरणमा अन्यौलता हुने देखिएको हो।

प्रदेशले स्थानीय तहहरु मार्फत वितरण गर्ने भनिएको १६ करोड राहत तीन हजारका दरले ५३ हजार तीन सय ३३ घर परिवारले मात्र पाउने देखिएको छ। तर प्रदेशमा अति विपन्न, असहाय र ज्यालादारी गुमेकाहरुको यकिन तत्थाङ्क कुनै पनि निकायसँग नहुँदा समस्या हुने देखिएको हो।

सुदूरपश्चिम सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले दैनिक ज्यालादारी गुमेका, आय स्रोत गुमेका, निम्न वर्गका नागरिक, मजदुरहरुलाई राहत वितरण गरिने बताए। केन्द्रीय तथ्याङ्क विभाग र वित्त आयोगको तथ्याङ्कलाई आधार बनाएर प्रदेशमा के–कति घर धुरी गरिबीको रेखामुनी छन् भन्ने कुरा यकिने गरिने बताए।

प्रत्येक गाउँपालिका र नगरपालिकामा गरिबीको रेखामुनी रहेका र तत्काल राहत दिनुपर्ने संख्या कति हो रु त्यो सबै विवरण लिएर विनीयोजन गरिएको १६ करोड स्थानीय तहको खातामा पठाउन लागेको मन्त्री शाहले जानकारी दिए।

स्थानीय तह भन्छन्–स्पष्ट तथ्याङ्क छैन्, संकलन गर्दैछौँ

प्रदेश सरकारले गाउँपालिका र नगरपालिकाबाट अति विपन्न, असहाय र ज्यालादारी गुमेका लक्षित वर्गको तथ्याङ्क लिएर राहत प्याकेज ल्याएको भनेपनि स्पष्ट विवरण नरहेको भेटिएको छ। स्थानीय तहहरुले राहत वितरणका लागि अहिले तथ्याङ्क संकलनको काम सुरु गरेका छन्।

सम्बन्धित खवर

Back to top button