सासंद मल्लद्वारा सात वटै स्थानिय तहलाई माक्स सहयोग


डडेल्धुरा, ३० चैत्र : सुदूरपश्चिमका प्रदेश सासंद तथा नेपाली कांग्रेस डडेल्धुराका साभापति कर्णबहादुर मल्लले डडेल्धुराका सात वटै स्थानिय तहलाई माक्स सहयोग गरेका छन्।
विश्वब्यापी रुपमा फैलिरहेको कोराना भाइरस (कोभिड १९) को महामारीको फैलिन नदिन अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कीन समेत नेपाली काँग्रेस डडेल्धुराले अपिल गरेको छ साथै स्वास्थ्य नै धनलाई मध्यनजर गर्दै पहिले आफ्नो व्यक्तिगत स्वास्थ्यलाई ख्याल गर्दै अघि बढ्न सबैलाई सुझाव दिएको छ ।
कोरोना भाइरसबाट सुरक्षित रहनको लागि नेपाली काँग्रेस डडेल्धुराको तर्फबाट अजयमेरु गाउपालिका , अमरगढी नगरपालिका, नवदुर्गा गाउपालिका, गन्यापधुरा गाउँपालिका, परशुराम नगरपालिका, आलिताल गाउपालिका, र भागेश्वर गाउँपालिकालाई माक्स वितरण गरेको नेपाली काँग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्ट ले बताए ।



अजयमेरु गाउपालिकामा नेपाली काँग्रेस अजयमेरु गाउपालिका सभापति कर्णबहादुर मल्ल ले गाउपालिका अध्यक्ष उमेश प्रसाद भट्ट (विकास) लाई ८५०।( थान माक्स) र अमरगढी नगरपालिकामा नेपाली काँग्रेस अमरगढी नगर समिति सचिव रमेश भट्टले अमरगढी नगरपालिका प्रमुख बिशेश्वर प्रसाद ओझालाई एक हजार एक सय (थान) माक्स हस्तान्तरण गरेको नेपाली काँग्रेस डडेल्धुराले जनाएको छ ।
नेपाली काँग्रेस डडेल्धुराले जिल्लाका सात वटै स्थानिय तहलाई आठ हजार माक्स बितरण गरेको नेपाली काँग्रेस डडेल्धुराका कार्यालय सचिव राम बिष्टले बताए ।
माक्स सहयोगमा गरेकोमा अमरगढी नगरपालिका प्रमुख बिशेश्वर प्रसाद ओझाले नेपाली काँग्रेस डडेल्धुरालाई धन्यवाद दिए ।