किसानलाई दोहोरो समस्या: लकडाउनकै बेला लगाएको बाली असिनाले सखाप


डडेल्धुरा, ३ वैशाख : डडेल्धुराको आलिताल गाउँपालिकाको वडा नम्बर १ र २ मा किसानहरुले लगाएको आलु, फलफुल तथा अन्य खाद्य बालिमा असिनाले क्ष’ति पुर्याएको छ ।
हिजो साँझ परेको असिना पानीले वडा नम्बर १ मा पर्ने लामिचौर, सातभुण, अत्रोडा, मेलखर्क र दोमिल्ला क्षेत्रको किसानहरुले लगाएको तरकारी बाली तथा फलफूलमा क्ष’ति पुर्याएको हो ।



त्यसैगरी, वडा नम्बर २ को भुतडाडा, लामिडाँडा, कमलपुर र बांगाटुडा क्षेत्रमा पनि आलू तथा गहूंँ बालीमा क्षति पुर्याएको छ ।
नेपालमा लकडावनको स’मस्या परिरहेका बेला आफूले लगाएको बाली असिनाले स’खाप पारेपछि किसान झन मर्कामा परेका हुन् ।
‘मेहनत गरेर लगाएको बाली असिनाले सखाप पार्यो अब के खाने होला ?’ मेलखर्कका किसान लाल बहादुर बोहराले दु:खेसो पोखे । यस्तै वडा नम्बए २ बसंतपुरका लोग बहादुर पुनले पनि आफूले लगाएको आलू खेती सबै असिनाले सखाप पारेपछि अब के खाने भन्ने चिन्ता प्रकट गरे ।








