पुर्चौंडीले विकास बजेट बाहेक सबै बजेट कोरोना रो’कथाममा खर्च गर्ने


बैतडी, ५ बैशाख : बैतडीको पुर्चौंडी नगरपालिकाले विकास बजेटबाहेकका सबै बजेट कोरोना रोकथाम तथा नि’यन्त्रणमा खर्च गर्ने नि’र्णय गरेको छ ।
कोरोना भाइरस रो’कथाम तथा नि’यन्त्रण नगरस्तरीय सम’न्वय समितिको बिहीबार बसेको बैठकले यस्तो नि’र्णय गरेको नगरपालिकाका प्रवक्ता दलबहादुर धामीले जानकारी दिए।



नेपाल सरकारले पारित गरेको क्वारेन्टाइन निर्माण कार्य’विधि, २०७७ अनुसार ३५० शय्याको क्वारेन्टाइन निर्माण गर्ने निर्णयसमेत नगरपालिकाले गरेको छ ।
यसका साथै कोरोना भाइरसको जो’खिम न्यू’नीकरणका लागि एक वडादेखि अर्को वडामा आवतजावतमा प्रति’बन्ध लगाउने निर्णयसमेत भएको छ ।
बैंकिङ सेवा, स्वास्थ्य सेवा र खाद्यान्न ढुवानीका लागि जानुपरेमा अनिवार्य वडाको सिफारिस हुनुपर्ने निर्णय गरेको प्रवक्ता दलबहादुर धामीले बताए ।








