लकडाउनले गर्दा कृषि उत्पादनमा कमि हुने : बरिष्ठ कृषि विकास अधिकृत बिष्ट

डडेल्धुरा, ६ बैशाख : कोरोना भाइरस( कोभिड–१९) को माहामारीले गर्दा लकडाउनले कृषि उत्पादनमा समस्या हुने निश्चित भएको छ । अन्न बाली भित्र्याउने सयम र लगाउने समय सम्म भएको लकडाउनले कृषि उत्पादनमा कमि आउनका साथै समस्या हुने निश्चित भएको हो ।

डडेल्धुरा र डोटी कार्य क्षेत्र भएको कृषि ज्ञान केन्दको कार्यालय डडेल्धुरामा किसान पुग्दैन्न । लकडाउनले गर्दा किसानहरु कृषि ज्ञान केन्द्र सम्म आउन सक्ने अवस्था छैन । फोन सम्पर्कमा आउने किसान लाई समस्या सामाधान बारे सल्लाह दिने गरेको कृषि ज्ञान केन्द्र प्रमुख बरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर बिष्टले बताए ।

खास गरी अहिले गहुबालि भित्र्याउने समय भएकाले लकडाउनले गर्दा मजदुर नपाउने, ईक्वुपमेन्टहरु ओहोर दोहोर गर्न नपाउदा भित्र्याउन समस्या भएको र तकारी लगायत नगदे बाली कृषि उपज वस्तु बजार सम्म पु¥याउन नसक्दा खेत बारिमै कुहिन थालेकाले कृषि उत्पादनमा समस्या आएको उनले बताए ।

एका तिर भित्र्याउन समस्या र अर्का तिर बजारको समस्याले गर्दा उपभोक्ताले वस्तु नपाउने र किसानले बजार नपाई आर्थिक समस्या उत्पन्न भएको उनको भनाई छ । (कोभिड–१९) ले गर्दा यो बर्ष कृषिमा धेरै ठुलो समस्या आउन सक्ने र उत्पादनमा कमि आउन सक्ने उनको अनुमान छ ।

अब लागाउने खेतीमा उन्नत बिउ बिजन, मलखाद उपलब्ध हुन नसक्दा उत्पादनमा कमि आउने सम्भावना हामिले देखेका छौ । उनले भने, अहिलेको उत्पादन भित्र्याउन समस्या छ । बजार सम्म ल्याउन समस्या छ । यसको मार उपभोक्ता, किसान र व्यापारि लाई छ । अहिलेको उत्पादन किसानले जे जस्तो रुपमा भित्र्याए पनि अब लगाईने खेती प्रभावित हुने सम्भावना बढी रहेको उनले बताए ।

अहिले धान, मकै, भट्मास लगाउने समय भएकाले किसानहरु लाई उत्पादन तर्फ जोड दिन उनले आग्रह गरे । कृषि जन्य वस्तु आयात निर्यात खुल्ला गर्ने सरकारले भनि सके पछि फुर्सदमा रहेका किसानहरु लाई अन्न बाली लागाउन तर्फ लाग्न उनले आग्रह गरेका हुन । व्यवसायिक रुपमा कामदार लगाई खेतीपाती गर्न नसकिए पनि गाउघरका स्थानियहरुले कृषि उपज उत्पादनमा जोड दिनु पर्ने उनले बताए ।

अबको समयमा गरिने खाद्यान्न, तरकारी, फलफुल खेतीमा स्थानियहरुले भिड्नु पर्ने बरिष्ठ कृषि विकास अधिकृत बिष्टको भनाई छ । गाउघरमै अवसर पनि रहेकाले कृषि उत्पदान तर्फ जोड दिई कृषि उपज उत्पादन र आर्थिक रुपमा सबल हुन गरेर देखाउन सक्ने अवस्था रहेको उनले बताए ।

भारत लगायत अन्य तेस्रो मुलुक बाट समेत स्थानिय घर पिर्ता भएकाले (कोभिड–१९) ले कृषि उत्पालनमा लाग्नु पर्ने शिक्षा समेत दिएको उनले बताए । गाउ घरमा बाझै रहेका खेतबारीमा खेतीपाति गरी उत्पादन बढाउन (कोभिड–१९) ले राम्रो शिक्षा दिएको उनको भनाई छ ।

सम्बन्धित खवर

Back to top button