वन अतिक्रमण गरि बनाइएका टहरा आगो लगाई नष्ट : डिभिजन वन कार्यालय डडेल्धुरा
डडेल्धुरा, ७ बैशाख : कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गरिएका बेला डडेल्धुरामा भने वन अतिक्रमण गर्ने गरेको पाईएको छ । वन अतिक्रमण गरि बनाइएका छाप्रा र टहरा भत्काई आगो लगाइएको छ।
लकडाउनको मौका छोपि राष्ट्रिय वन अतिक्रमण गरी बनाइएका छाप्रा टहरा भत्काई आगो लगाइएको डिभिजनल वन कार्यालय डडेल्धुराले जनायो।
सालको वन भएको भित्रि मधेश जोगबुडा क्षेत्रमा अतिक्रमण गरि बनाइएका ६ वटा छाप्रा भत्काई आगो लगाई नष्ट गरिएको डिभिजन वन अधिकृत बिष्णुप्रशाद आचार्यले बताए।
परशुराम नगरपालिका १२ स्थित सालका रुख भएको राष्ट्रिय वन क्षेत्रमा स–साना टहरा बनाई अतिक्रमण गर्न खोज्ने स्थानीयका ६ वटा छाप्रा भत्काई आगो लगाइएको हो। भित्रि मधेश चुरे क्षेत्रको वन अतिक्रमण चपेटा परेको छ। सालका रुख भएको वन क्षेत्र र उर्वर भूमि भएकाले स्थानीयहरुले काठ कटानी गरि तस्कर गर्न र खेतीपाती गर्न वन क्षेत्र अतिक्रमण गर्दै आएका छन्।