डेल्धुराका किसान लकडाउनमा व्यस्त

डडेल्धुरा, ८ बैशाख : कोरोनाको संक्रमणबाट बच्न घोषणा गरिएको लकडाउनमा डडेल्धुराका किसानहरु खेतीपातिमा व्यस्त भएका छन । बाहिर रहेकाहरु पनि लकडाउनमा घर फर्किएपछि गाउँलेहरु अहिले हिउदे अन्न बालि चित्र्याउनुका साथै तरकारी, सागपात र बर्खे खेती गर्न थालेका छन् ।

चाँडपर्वका बेला घर फर्कनेहरु अरु समयमा घुमघाममै बढी समय व्यतित गर्ने गरेका थिए । अहिले लकडाउन भएकाले बजार तथा गाउँ जान नपाईने भएपछि अध्ययन, रोजगारीका लागि बाहिरबाट घर फर्किएका अधिकांश स्थानीयले खेतबारिमा समय विताउने गरेका छन् ।

विश्वभर कोरोना फैलिईरहेको बेला नियमित कामकाजमा लागिरहेका कृषकहरुले तरकारी बाली लगाएसँगै देशमा लकडाउन भए पछि फूर्सदिला भएका किसानहरुले आफ्नो खेतबारिमा पर्याप्त समय दिन पाउँदा हर्षित पनि भएका छन् ।

चार थान पोली हाउस अनुदान बाहेक अरु सबै आफ्नो लगानीमा गाउँभरि ५० रोपनीमा तरकारी लगाएर नजिकै सदरमुकामको बजारस्थित संकलन केन्द्रमा लगेर बिक्रि गरिरहेका छन् । यहाँका किसानले तरकारी किन्न नसक्नेलाई लकडाउनका बेला निःशुल्क सहयोग पनि गरिरहेका छन् ।

अधिकांश स्थानमा तरकारी उत्पादन, बजारको समस्या
यहाँका अधिकांश किसानका बारिमा अहिले तरकारी उत्पादन भएको छ । व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका किसानका बारिमा तरकारी उत्पादन भए पनि बजारको भने समस्या हुन थालेको छ । लकडाउनले शहर बजार बन्द हुँदा बजारको समस्या हुन थालेको हो । ढुवानीका साधन समेत पर्याप्त संचालनमा नआउनदा उत्पादित तरकारी बारिमै कुहिले सम्भावना भढेको छ ।

बजार क्षेत्र पूर्ण रुपमा बन्द हुदा उपभोग कम हुने भएकाले उत्पादित तरकारीले बजार पाउन सकेको छैन । जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाकै वडा नं.१,७,८,१० मा व्यवसायिक रुपमा स्थानीयले तरकारी खेती गर्दै आएका छन । वडा नं। ७ आलुको पकेट क्षेत्र नै हो । वडा नं. १,१० मा अहिले काक्रा, फर्सी, काउली प्रसस्त मात्रमा उत्पादन भएको छ ।

यस्तै जिल्लाको भागेश्वर गाउँपालिकाको बगरकोट, गन्यापधुरको भातकांडा, साहुखर्क, रुवाखोला, जर्मना, नवदुर्गाको असुर्पा क्षेत्रमा स्थानीयले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन । यि क्षेत्रमा अहिले आलुको उत्पादन बढी छ । आलुको मूल्य किसानले अहिले सम्मकै राम्रो पाएको अमरगढी–७ पोखरा बजारमा तरकारी संकलन गर्दै आएका भक्त शाहुले भने । अब भने प्रहरी प्रसासनले कडाई गर्दै आएको छ । बिहान एक र साँझ एक घण्टा गरी दिनमा दुई घण्टा मात्र पसल खोल्न दिने भएकाले उत्पादित किसानको तरकारी खरिद गर्न र खरिद गरेको बिक्री गर्न समस्या भएको उनले बताए ।

बारिमा प्रसस्तै फर्सी भले पनि बजारसम्म लैजान नसक्दा भैंसीलाई खुवाउनु परेको अमरगढी–डोलाका किसान हरि ऐरले बताए । पहिले भन्दा बिक्री पनि कमै हुने र बजारसम्म लैजान गाडि पनि नपाउने भएकाले उत्पादन भएको तरकारी भैँसी लाई खुवाउनु पर्ने बाध्यता रहेको उनले बताए ।

तरकारी बेचेर गहुँ धान किनेर खाने गरेका थियौ । उनले भने, लकडाउनले तरकारी बिक्रि नहुदा गहुँ किन्न पैसा नहुने पिर परेको छ । जिल्लामैव्यवसायिक तरकारी खेतीको सुरुवात भएको डोला, मनाना क्षेत्रमा फर्सि, लसुन, हरियो प्याज, मुला, हरियो धनिया, काउली उत्पादन भएको छ । भने काक्रा, सिमला, टमाटर, सिमी, बैगन उत्पादन हुने तयारीमा छ । लकडाउन अझै लम्बिए किसानले उत्पादन गरेको तरकारी बारिमै कुहिने पिरालो एकातिर छ भने तरकारी बिक्री गरी गहु, धान खरिद गरी खाद्यान्न उपभोग गर्ने यि समुदायमा के खाने भन्ने पिर पनि पर्न थालेको छ ।

सम्बन्धित खवर

Back to top button