अधिवक्ता तहको नि:शुल्क अनलाइन कक्षा सञ्चालन गर्दैछौं -सुरज सेजुवाल

काठमाडौं, ८ वैशाख : नेपाल कानून व्यवसायी परिषद्द्वारा सञ्चाल हुने २८ औं अधिवक्ता तहको परीक्षालाई सहयोग पुग्ने गरी नेपाल विद्यार्थी संघले नि:शुल्क अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । नेविसंघ, नेपाल ल क्याम्पस तदर्थ इकाई समितिले बैशाख १० गते देखि नियमित बिहान ७:३० बजेबाट उक्त कक्षा सञ्चालन गर्ने भएको हो ।

नेविसंघ, नेपाल ल क्याम्पस तदर्थ इकाई समितिका अध्यक्ष सुरज सेजुवालले लकडाउनका कारण स्थगित भएको नेपाल कानून व्यवसायी परिषद्द्वारा सञ्चाल हुने २८ औं अधिवक्ता तहको परीक्षा केन्द्रित नि:शुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्न थालेको सत्कार पोष्टलाई जानकारी दिए ।

उनले भने ‘लकडाउनको यस जटिल परिस्थितिमा सबैभन्दा बढी विद्यार्थी वर्ग विभिन्न समस्याले घे’रिएका छ्न् । विद्यार्थीहरुका समस्याहरु आफ्नै समस्या सरह सम्झी उक्त समस्याहरु समाधानार्थ नेपाल विद्यार्थी संघ केन्द्रीय समिति होस् या नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पसले “सामाजिक दुरिका साथ सबै विद्यार्थीहरु एक साथ” भन्ने ना’राका साथ विभिन्न प्रकारका गतिविधि सञ्चालन गर्दै आएको छ ।’

अध्यक्ष सेजुवालले भने “लामो समय देखि शिक्षण संस्थाहरु पनि ठप्प भएकाले विद्यार्थीहरुको दैनिक जीवन मात्र नभई शैक्षिक जीवन पनि प्रभावित भएको छ । यसै सन्दर्भमा लकडाउनको समयलाई फलदायी बनाउन उत्प्रेरित गर्न प्रविधिको उच्चतम प्रयोग गर्दै नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पसले ‘नेपाल कानून व्यवसायी परिषद्द्वारा सञ्चाल हुने २८ औं अधिवक्ता लाईसेन्स परीक्षाको अनलाइन तयारी कक्षा नि:शुल्क सञ्चालन गर्ने भएको हो ।”

उक्त अनलाइन कक्षा बैशाख १० गते बिहान ७:३० बजे नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पसको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुने अध्यक्ष सेजुवालले जनाए । भारतको दक्षिण एसिया विश्वविद्यालय (South Asian University) मा एल.एल.एम अध्ययनरत, २६ औं बार परीक्षामा चौंथो स्थान हासिल गर्न सफल अधिवक्ता प्रकृति मल्ल स्रोत व्यक्ति रहेको अध्यक्ष सुरज सेजुवालले बाताएका छन् ।
https://www.facebook.com/NSUNLC/

सम्बन्धित खवर

Back to top button