भारतमा बुबाको किरिया बसेका तीन भाईलाई नेपाल ल्याइयो


बैतडी, १० वैशाख : भारतको क्वारेन्टाइनमै किरिया बसेका तीन नेपालीलाई फर्काइएको छ। मजदुरी गर्न भारत गएका बैतडीको पुर्चौँडी नगरपालिकाका तीन भाइ लकडाउनपछि बुबाको मृत्यु भएकाले क्वारेन्टाइनमा नै किरिया बसेका थिए।
गत वैशाख ७ गते उनका बुवा उजलेको मृत्यु पछि उनका ५ छोरा मध्ये तीन छोरा प्रेम धामी, अमर धामी र राम धामी भारतको पिथौरागढमा रहेको क्वारेन्टाइनमै किरियामा बसेका हुन।



बुधबार मात्रै जिल्ला प्रशासन कार्यालय बैतडीले पिथौरागढका डिएमसँग कुराकानी गरी तीनै जनालाई नेपाल फर्काएका हुन्।
फर्काइएपछि उनीलाई स्वास्थ्य चेकजाँचका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक गौरीशंकर बजगाँइले बताए।








