भागेश्वरका गाउपालिकाले सहुलियतमा पसल संचालन गर्दै
डडेल्धुरा, ११ बैशाख : लकडाउनका समयमा डडेल्धुराको भागेश्वर गाउपालिकाका सबै वडामा सहुलियत पसल संचालन गरिएका छन । १५ प्रतिशत सहुलियतमा खाद्यान्न वस्तु उपलब्ध गर्न पाँच वटै वडामा सहुलियत पसल संचालन गरिएको छ ।
लकडाउनका समयमा स्थानिलयले सस्तो भाउमा खाद्यान्न उपभोग गर्न पाउन भन्ने उद्देश्यले सहुलियतमा चामल, दाल, नुन र तेलको बिक्रि वितरण थालिएको गाउपालिका अध्यक्ष कौशिला भट्टले जानकारी दिनुभयो।
एक साता देखि यस्ता पसल संचालन गरिएका छन । सहुलियत पसल लकडाउन सम्मै संचालनमा रहने उनले बताईन । खाद्यान्न संकट हुन नदिन प्रत्येक वडामा सहुलियत पसल संचालन गरिएका हुन । धनगढी बाट उपभोग्य वस्तु खरिद गरी प्रत्येक वडामा पु¥याएको उनले बताईन । खाद्य वस्तुमा लागेको लागतको १५ प्रतीशत गाउपालिकाले भुक्तानी गर्ने उनको भनाई छ ।
गाउपालिकाले आर्थिक रुपमा विपन्न रहेका चार सय ५० परिवारका लागी राहात दिन वडा कार्यालयमा खाद्यान्न समेत पु¥याईएको अध्यक्ष कौशिला भट्टले बताईन ।
वडाले तथ्यांक संकलन गरि गाउपालिकामा राहात पाउन योग्य परिवारको सिफारिसमा विपन्न वर्ग समुदायका परिवार लाई राहात वितरण गर्न थालिएको अध्यक्ष कौशिला भट्टले बताईन । स्थानियको घरदैलोमा वडा सरकार छ । उनले भनिन, प्रत्येक गाउमा वडा सदस्य छन । एउटा वडामा ८–१० गाउ छन । वडा अध्यक्ष लाई पनि जानकारी हुन्छ । कुन व्यक्ति दैनिक ज्याला मजदुरी गरेर छाक टार्छन । लकडाउनको मारमा कुन कुन परिवार छन ।
त्यसैले वडा कार्यालयको सिफरिसमा राहात वितरण गरिन लागेको हो । उनले थपिन वडा कार्यालमै खाद्यान्न पठाई सकेका छौ । स्थानियले वडा कार्यालय बाटै राहात लिई रहेका अध्यक्ष कौशिला भट्टले जानकारी दिनुभयो ।