सिगास गाउँपालिकाले बनायो ५० वेडको क्वारेन्टाईन

बैतडी, ११ बैशाख : बैतडीको दुर्गम मानिने सिगास गाउँपालिकाले ५० वेडको क्वारेन्टाईन निमार्ण गरेको छ । कोरोना भाइरस फैलिएका भारत लगायतका मुलुकबाट आउने व्यक्तीलाई अर्जुन मा. बि. गाँजरीमा निमार्ण गरेको क्वारेन्टाईनमा राखिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जनकसिह धामीले बताए ।

विश्वब्यापी रुपमा फैलिरहेको कोराना भाइरस (कोभिड १९) को महामारीको फैलिन नदिन गाउँपालिकाले बाहिरबाट आएका व्यक्तीलाई क्वारेन्टाईनमा राखिने गाउँपालिका अध्यक्ष हरि सिंह धामीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष धामीले स्वास्थ्य नै धनलाई मध्यनजर गर्दै पहिले आफ्नो व्यक्तिगत स्वास्थ्यलाई ख्याल गर्दै अघि बढ्न सबैलाई सुझाव दिएको छ

सम्बन्धित खवर

Back to top button