स्वास्थ्य कार्यालय डडेल्धुरालाई सांसद मल्लद्वारा पिपिई सेट सहयोग

डडेल्धुरा, ११ वैशाख : नेपाली कांग्रेस डडेल्धुराले जिल्लामा व्यक्तिगत सुरक्षा सामग्री(पिपिई) सहयोग गरेको छ। कोरोना भाइरस (कोभिड-१९)का कारण विश्वव्यापी महामारी फैलिरहेका बेला कांग्रेस डडेल्धुराले त्यसको नियन्त्रण तथा रोकथामका लागि सहज होस भन्दै जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

बिहिबार सुदूरपश्चिम प्रदेशका सांसद एवं नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले जिल्ला स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख आशुतोष श्रेष्ठलाई ८ थान पिपिई हस्तान्तरण गरेको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ।

स्वास्थ्य सुरक्षा सामाग्री वितरणमा सुदूरपश्चिम प्रदेशसभा सांसद कर्ण बहादुर मल्ल आफै खटिइएका छन्।

सम्बन्धित खवर

Back to top button