एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कैलालीमा मृ’त फेला

धनगढी, १२ वैशाख : निजी विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृ’त फेला परेका छन । एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृ’त फेला परेपछि प्रहरीले दुई जनालाई प’क्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भुसालसंगै मदिरा पिएका एक जना साथी र होटल सञ्चालकलाई सोधपुछका लागि नि’यन्त्रणमा लिईएको हो। प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन् ।

जिल्लाको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक र प्रिन्सिपल समेत रहेका भुसाल गयराती मृ’तक फेला परेका थिए । गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० बर्याीय भुसाल पहलवानपुरबाट एक किलोमिटर पश्चिम मृ’त फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक बस्नेतका अनुसार राती पौने १२ बजे उनको श’व पूर्व–पश्चिम राजमार्गको किनारमा फेला परेको हो । ‘मध्यराती हामीलाई जानकारी आएपछि प्रहरी टोली घट’नास्थल पुगेको छ। मृ’तकको आँखा, मुख र घुडामा चो’टपटक देखिएको छ। घट’नास्थलमा अहिले ईलाका प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक ज्ञानवहादुर विष्टको टोली पनि पुगि सकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

एनप्याव्ब्सन कैलालीका अध्यक्ष उपेन्द्र अपवस्थीले भुसालको मृ’त्युले शिक्षा क्षेत्रमा ठूलो क्षती पुगेको बताए । उनले घटना रहस्यमय भएकोले सत्यतथ्य छा’नविन हुनुपर्ने मा’ग गरे । स्थानीयले मुसालको ह’त्या भएको आ’रोप लगाउँदै आएका थिए। उनी पहलवानपुरबाट साईकलमा घर तर्फ गईरहेका थिए।

सम्बन्धित खवर

Back to top button