दैनिक ज्याला मजदुरी गर्ने महिलाहरुका दु:ख : ‘चु’लोमा आ’गो ब’ल्नै छोड्यो’


इटहरी : यहाँका वि’पन्न परिवारका मानिसहरु भो’कभोकै म’र्न थालेकाे गु’नासाे गरिरहेका छन् । सरकारले उचित रा’हतकाे व्यवस्थापन गर्न नसक्दा उनीहरुले सञ्चार माध्यमबाट आफ्नाे कुरा सम्बन्धित सराेकारवालाहरुसँग पुर्याइदिन अ’नुराेध गरेका हुन् । प्रस्तुत छ, उनीहरुकै आत्माकथामा आधारित समाचार- दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकी इटहरी ६ की रामदेवी रिसिदेवको घरमा अहिले चु’लो ब’ल्न छोडेको छ । मजदुरी गरेर विहान बेलुका छाक टा’र्दै आएकी रामदेवीको लकडाउनले कन्तवि’जोक भएको छ ।
घरमा विहान बेलुका खाने अन्न नभए पछि उनी वि’रक्तीएकी छिन । यस अघि उपमहानगरपालिका मार्फत दिएको १० केजी चामल सकिए पछि उनलाई आफ्नो छोराछोरीलाई के खुवाउँने भन्ने चि’न्ताले स’ताएको छ । ज्याला मजदुरीको काम पनि रोकिए पछि उनी जस्तै धेरैको चु’लो ब’ल्न छोडेको छ ।



रामदेवी मात्र होइन अर्की देवकी शर्माको अवस्था पनि उस्तै छ । उनी पनि छोराछोरी भोकभोकै रहेको र घरमा खाद्यान्न नभएको गु’नासो सुनाउदै थिईन । लकडाउनपछि रामदेवी र देवकी त भोकभोकै सुत्न बा’ध्य विपन्न परिवारका प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्ता हुँदा खाने विपन्न बर्ग अहिले समस्यामा छन् ।
रा’हत वितरण प्रभा’वकारी नहुँदा उनीहरु जस्ता धेरै विपन्न परिवार सम’स्यामा परेका हुन । रा’हत स्वरुप दिएको १० केजी चामल अधिकांसको घरमा सकिए पछि अहिले इटहरीका वि’पन्न परिवार दु’खेसो पोख्न थालेका छन् ।
उनी जस्तै दर्जन वि’पन्न परिवारका महिलाहरु रा’हत जुटाइ दिन गु’हार माग्दै एनटिभी इटहरीको कार्यालयमै पुगेका थिए । उनीहरुकाे गुनासाे थियाे, ‘कोरोनाले भन्दा पनि भो’कमरीले म’रिने भैयो ।’ साना नानीहरुको लागि खुवाउने एक गेडो चामल नभएको भन्दै गु’नासो सुनाउन एनटिभी इटहरी प्रङ्गणमा पुगेका थिए । घरमा खान पा’क्न छोडेको भन्दै उनीहरुले आफ्नाे दु’:खका कथा सुनाए ।
सरकारले जम्मा १० केजी चामल, २ केजी दाल, एक पाकेट नुन, एक पोका तेल वितरण गरेको थियो । तर एउटै परिवारमा पाँच जना भन्दा धेरै सदस्य रहेकोले ३/४ दिनमै रासन सकिएको उनीहरुको गु’नासो छ । करीब डेढ सय महिलाहरु नेपाल टेलिभिजनको इटहरी कार्यलय पुगेर गुना’सो गरेका थिए ।








