माहामारीको बेला मजदुरहरुको लागी उत्पादनमुखि कार्यक्रम ल्याउँनु पर्छ : अध्यक्ष पाण्डेय


डडेल्धुरा, १३ बैशाख : लकडाउनको प्रत्यक्ष मारमा परेका दैनिक ज्यालादारिमा काम गरी छाक टार्ने समुदायका व्यक्तिहरु लाई उत्पादनमुखि कृषि कार्यमा लागाउनु पर्नेमा नेपाल ट्रेड युनियन कांग्रेस डडेल्धुरा अध्यक्ष टेकराज पाण्डेयले जोड दिएका छन ।
लकडाउन अझै कति लम्बिले एकिन नभएकाले मजदुरहरु लाई सामाजिक दुरी कायम गर्ने गरि उत्पादन मुखि कार्यमा जोड्नु पर्ने उनले बताए । कृषि प्रदान देश भएकाले पनि मजदुर संग भएका परम्परागत शिप लाई महत्व दिदै कृषिका कार्यमा जोड्दै उत्पादन बढाउने कार्यमा सरकारले जोड दिनु पर्ने उनको भनाई छ ।



एका तिर अर्थतन्त्र धरासायि बन्दैै छ । उनले भने, यो संगै हरेक व्यक्ति घर भित्रै थुनिएका छन । यसले आम नागरिक लाई भविष्यको चिन्ताले मानसिक तनाव उत्पन्न हुन सक्छ । उनले थपे, एकातिर महामारिको रुपमा रहेको कोरोना भाईरसको आक्रान्त छदै छ । र अर्का तिर घरमै बन्दाबन्दि भएर बस्नु पर्ने अवस्थामा भोलिका दिनमा यसले मानसिक तनावको समस्या निम्त्याई यसले पनि संक्रमणको जोखिम रहेका कारण पनि केही उत्साहमुखि काममा स्थानिय, प्रदेश र संघिय सरकारले कार्यक्रम ल्याउनु पर्ने हाम्रो बुझाई हो ।
मजदुर बाट संकलन गरिएको रकम जगेडा कोषमा थन्किएकाले त्यही जगेडा रकम निकासी गरी अत्साहजनक उपत्पादनमुखि कार्यक्रम सरकाले ल्याउन सक्ने उनले बताए । आपत विपदमा काम गर्ने गरी रकम जगेडा राखिएकाले मजदुर मारमा परेका बेला जगेडा रहेको कोष बाट बजेट बाँडफाँड गरी सहजताका लागी कार्यक्र ल्याउनु पर्ने उनको भनाई छ ।
लकडाउनको प्रत्यक्ष मारमा परेका दैनिक ज्यालादारीमा काम गरी छाक टार्ने असंगठित क्षेत्रका मजदुरहरुले स्थानियर सरकारले वितरण गरेको राहात नियोजित ढंगले वितरण नभएको गुनासो गर्ने गरेका छन । कतिपय स्थानिय तहमा बैचारिक आस्थाका हिसावमा राहात वितरण भएको र दिईएको राहात पनि पर्याप्त भएन भन्ने गुनासाहरु मजदुरले गर्ने गरेको र वास्तविकता पनि त्यहि भएको अध्यक्ष पाण्डेयको भनाई छ ।
राहात वितरण गर्ने जुन निति सरकारले ल्यायो बाच्नका लागी खाद्यान्न नै आवश्यक पर्ने भएकाले राम्रो हो । उनले भने, भोक भोकै मर्नु भन्दा आहार पु¥याउनु सरकारको स्वागतयोग्य काम राहात वितरण गर्नु हो । तर जुन मात्रामा खाद्यान्न वितरण गरिदै छ । यसले पर्याप्त नहुदा मजदुर लाई समस्या थपिदै छ । लकडाउनको समय थपिदै गएका कारण वितरण गरिएको खाद्यान्न अपुग भएकाले राहातको प्याकेज बढाउनु पर्ने उनले बताए ।
राहात वितरणमा विभिन्न स्थानिय तहमा आउने मजदुरका गुनासा लाई फोन, सामाजिक सञ्जाल, ईमेल, ईन्टरनेटका माध्यम बाट सम्बन्धित निकाय संग छलफल, समन्वय गरि समस्या सामाधानका प्रयास ट्रेड युनियन कांग्रेसले गरि रहेको उनले बताए । केन्द्रमा ट्रेड युनियन कांग्रेस संगै अन्य मजदुरहरुका छाता संगठनहरु मिली सरकार लाई ज्ञापन पत्र बुझाई मजदुरहरुका समस्या उजागर गरी सामाधान गर्न पहल गरिएको उनको भनाई छ ।