नवदुर्गा गाउँपालिकाले काठमाडौंमा अलपत्र विद्यार्थी र मजदुरलाई ल्याउँदै


डडेल्धुरा, १३ बैशाख : डडेल्धुराको नवदुर्गा गाउँपालिकाले काठमाडौंमा अलपत्र परेका विद्यार्थी र मजदुरहरुलाई ल्याउने व्यवस्था मिलाइएको छ। लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका विद्यार्थी तथा मजदुरहरुलाई जिल्ला भित्र्याउने व्यवस्था मिलाइएको हो।
अध्ययनको सिलसिलामा काठमाडौंमा रहेका विद्यार्थी र ज्यालादारी गर्दै आएका मजदुरलाई ल्याउन आईतबार २ वटा बसहरु पठाइएको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले जानकारी दिए।



काठमाडौंबाट नवदुर्गाका नागरिक ल्याउनका लागि आईतबार बस पठाएको नवदुर्गा गाउँपालिकाका प्रर्वक्ता पदम बहादुर बिष्टले बताए। उनले डडेल्धुरा आउन चाहने नवदुर्गाका नागरिकहरुले सम्पर्क गरि आफ्नो विवरण टिपाउन समेत अनुरोध गरेका छन्।








