दार्चुलाको दुहुँ गाउँपालिकाकी उपाध्यक्ष जोशी क्वारेन्टाइनमा


दार्चुला, १४ बैशाख : दार्चुलाको दुहुँ गाउँपालिकाकी उपाध्यक्ष ईश्वरी जोशी क्वारेन्टाइनमा बसेकी छन् । काठमाण्डौंबाट घर फर्किनुभएकी जोशी दुहुँ गाउँपालिका वडा नम्बर ४ स्थित धारीपाटा मावि धारीको क्वारेन्टाइनमा आइतवारबाट बस्नुभएको हो । आइतवार काठमाडौबाट उहा दार्चुला पुग्नुभएको थियो ।
बाहिरबाट आएका व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान अनुसार उपाध्यक्ष जोशी क्वारेन्टाइनमा बस्नुभएको छ । उहाँले भन्नुभयो, “मैले पनि नियम मान्नुपर्छ । जिम्मेवार व्यक्ति भएको कारण मैले क्वारेन्टाइनमा नबस्ने भन्ने हुँदैन्,” उहाँले भन्नुभयो । सबैलाई नियम समान हो । यस्तै काठमाण्डौंबाट आएका १६ जनालाई सम्बन्धित वडाको क्वारेन्टाइनमा बस्न लगाइएको उपाध्यक्ष जोशीले बताए ।



बसमार्फत घर पुगेका वडा नम्बर २ का ६ जना, वडा नम्बर ५ का १ जना र वडा नम्बर ४ का ९ जना सम्बन्धित वडाको क्वारेन्टाइनमा बसेको उहाँले बताउनुभयो । आइतबार दुहुँ स्वास्थ्य चौकीको क्वारेन्टाइनमा ८ जना स्थानीय बसेका छन् । आइतबार काठमाडौबाट आएका ६ जना र शनिबार आएका २ जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य चौकी प्रमुख प्रेमसिह धामीले जानकारी दिए । यस्तै अन्य स्थानिय तहहरुले पनि बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छन् ।