सुदूरपश्चिमका अधिकासं स्थानमा विहानैदेखि बर्षा सुरु


डडेल्धुरा, १५ वैशाख : सुदूरपश्चिमका अधिकासं स्थानमा आज बिहानैदेखि बर्षा भएको छ। सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी लगाएत कैलाली, कञ्चनपुरमा आज विहानैदेखि बर्षा भईरहेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु, स्थानीय वायु र पुर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभावका कारण अधिकासं स्थानमा बर्षा भईरहेको जनाएको छ।



मौसमविद् प्रतिभा मानन्धरका अनुसार दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जनर चट्याङ्ग, असिना र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताईन्।
भोली पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनर चट्याङ्ग, असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।








