डडेल्धुरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी म’दिरा सेवन गरी ड्युटीमा

डडेल्धुरा, १६ वैशाख : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि ज्यानै जो’खिममा राखेर स्वास्थ्यकर्मी खटिरहेका बेला डडेल्धुरा अस्पतालका एक कर्मचारी भने ड्युटीका बेला र’क्सीको न’शामा झुम्मिने गरेका छन् ।

दिनहु सजो मा’दक प’दार्थ सेवन गरेर कार्यालय जाने सिनियर अहेब दिलिपसिंह साउँद अस्पताल प्र’शासनको लागि टाउको दुखाईको विषय बनेका छन् ।

अस्पताल स्रोतका अनुसार साउँद दैनिकजसो मा’दक प’दार्थ सेवन गरेर अस्पतालमा होह’ल्ला गर्ने गर्दछन । स्रोत भन्छ ‘डडेल्धुरा अस्पतालको इ’र्मेजेन्सी वार्डमा काम गर्ने उनले बि’रामी मात्र होइन अस्पताल प्रशासनलाई समेत है’रान पारेका छन् ।’

केही समय अघि मात्रै सरुवा भएर डडेल्धुरा आएका अहेब साउँदलाई प्रहरीले तीन पटक थु’नामा राखिसकेको छ । आज मात्रै तेस्रो पटक उनीलाई नि’यन्त्रणमा लिएर थु’नामा राखेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।

‘हामीले नि’यन्त्रणमा लिएर थु’नामा राखेका छौ, उनीलाई का’रवाहीका लागि अस्पताल प्र’शासनले नि’र्णय लिन्छ होला’ उनले भने । यस विषयमा डडेल्धुरा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट जगदिश विष्टले निजले गल्ती गरेको भए नियमानुसार का’रवाही अगाडी बढ्ने बताएका छन् ।

सम्बन्धित खवर

Back to top button