जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ढुवानीका लागि जारी सबै पास रद्द


कञ्चनपुर, २३ वैशाख : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट अत्यावश्यक बस्तु आपूर्ति सहज बनाउन जारी भएका ढुवानी साधनका पास रद्द गरिएका छन्।
लकडाउनका बेला अत्यावश्यक खाद्यान्न लगायतका बस्तु आपूर्ति गर्न विभिन्न मितिमा अवधि नतोकिएका पासहरु दिइएको थियो।



पासको दुरुपयोग भई ढुवानीका साधन प्रयोग गरिएकाले रद्द गरिएको बताइएको छ। साथै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले काम गर्ने अनुमति पाएका आयोजनाहरुले पुनः पास लिन सूचना जारी गरेको छ।
पास रद्द सम्बन्धमा :