अनाथ बालबालिका लाई खाद्यान्न सामाग्री बितरण


डडेल्धुरा, २३ बैशाख : डडेल्धुरामा अनाथ बालबालिका लाई राहत बितरण गरिएको छ। भक्तबिबि हेलपि ङहेन्डस फोर ह्युनिटि र श्री बहादुर खडक स्मृति प्रतिष्ठान डडेल्धुराको संयुक्त पहलमा मंगलबार डडेल्धुराको अमरगढी नगरपालीका वडा नं. ७ पोखरामा सञ्चालित बेथस्ता अनाथालयमा रहेका अनाथ बालबालिका लगाएत अनाथालयमा काम गर्ने कर्मचारी हरुलाई खाद्यान्न सामाग्री बितरण गरिएको सामाजिक अभियान्ता तेज बहादुर भण्डारीले बताए।
उनका अनुसार बिभिन्न क्षेत्रबाट अनाथालयमा रहेका १० जना अनाथ र ५ जाना कामदार लाई १ क्वईन्टल चामल, १० केजी दाल, १० केजी नून, १० वटा नुहाउने र १० वटा लुगा धुने साबुन बितरण गरिएको अभियान्ता भण्डारीले बताए।




लकडाउनका कारण अनाथ बालबालिहरुको समस्या लाई पहिचान गरि राहत स्वरुप खाद्य तथा सरसफाई सामाग्री बितरण गर्न आवश्यक देखिएकोमा खाद्य तथा सरसफाई सामाग्री बितरण गरिएको प्रतिष्ठानका उपा–अध्यक्ष तिलक हमालले बताए।
साथै मंगलबार नै खाद्य सामाग्री अभाबमा रहेका अजयमेरु गाउपालीका तथा अन्य क्षेत्रका ५ परिवारलाई अमरगढी नगरपालीका वडा नं. ५ बिद्युतरोडमा खाद्य सामाग्री तथा स्वास्थ्य सामाग्री बितरण गरिएको संस्थाले जनाएको छ।








