अध्यक्ष निवास तोडफोड गर्ने ४ जना विरुद्ध सार्वजनिक मुद्दा दर्ता

डडेल्धुरा, २४ बैशाख :डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका अध्यक्षको निवासमा तोडफोडमा सग्लगन आरोप लागेका ४ जना विरुद्ध सार्वजनिक मुद्दा दर्ता भएको छ ।

मंगलबार राती ८ बजे चार जनाको समुहले गन्यापधुरा गाउँपालिका अध्यक्षको निवासमा तोडफोड गरेकोे भन्दै अध्यक्ष मल्लले गाउँपालिको लेटरप्याडमा उजुरि दर्ता गरेपछि ७ दिनका लागि ३ जनालाई प्रहरीले थुनामा राखेको हो।

उनिहरुलाई सार्वजनिक हित शान्ति सुरक्षा नैतिकता विरुद्ध कसुर सम्वनधि मुद्दा दर्ता भएको हो । पक्राउ परेका सञ्जय कार्की, भान कार्की , डम्बर कार्की र टेक रावल रहेको डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्याउपानेले बताए ।

उनीहरुको साथबाट दुई थान चक्कु समेत बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खवर

Back to top button