लकडाउनमा निःशुल्क औषधि वितरण गर्दै भागेश्वर गाउँपालिका


डडेल्धुरा, २४ बैशाख : विश्व माहामारिको रुपमा रहेको कोरोना (कोभिड-१९) ले गर्दा अहिले देशभर लकडाउन गरिएको छ । लकडाउनको समयमा यातायात बन्दका कारण दैनिक रुपमा चाहिने औषधिको अभाव रहँदै आएको छ।
यसैबिच भागेश्वर गाउँपालिकाले नियमित रुपमा औषधि सेवन गरिरहेकाहरुलाई समस्या भईरहेको समयमा निःशुल्क औषधि वितरण गर्ने भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताएकी छन ।











