असिनापानीले डडेल्धुरामा बालीनालीमा क्षति

डडेल्धुरा, २५ बैशाख स् डडेल्धुरामा बिहीबार दिउँसो परेको असिनापानीले डडेल्धुराका विभिन्न स्थानमा लगाइएको गहुँबाली, तरकारीबाली, फलफूलमा क्षति र्पुयाएको छ। केही दिनदेखिको लगातार वर्षा र बिहीबार परेको असिनापानीले गहुँबालीमा क्षति र्पुयाएको किसानहरुले बताएका छन्।

जिल्लाको नवदुर्गा गाउँपालिकामा पनि खेतमा पाकेको गहुँ असिनाले पूर्णरुपमा नष्ट गरेको छ । नवदुर्गा गाउँपालिका वडा नं ४ बेलापुरमा पनि असिना पननीले लगाएको गहुँबाली र तरकारीबालीमा व्यापक क्षति र्पुयाएको स्थानीय नरेश ताम्रकारले बताए। उनले भने, ‘असिनाले खेत नै सेताम्य भयो। रुखका बोक्रासमेत निस्कने गरेर परेको असिनाले गहुँबाली र तरकारीबालीमा व्यापक क्षति र्पुयाएको छ।’

त्यस्तै अमरगढी नगरपालिका–३ लगायतका क्षत्रमा गहुँबाली, तरकारीबाली र फलफूल खेतीमा व्यापक क्षति र्पुयाएको अमरगढी–३ का स्थानीय विष्णुराज पाण्डेयले जानकारी दिए। लगातारको असिना पानीले भोकमरी हुने सम्भावना बढेको उनले बताए।

उता भागेस्वर गाउँपालिकामा पनि खेतमा पाकेको गहुँ असिनाले पूर्णरुपमा नष्ट गरेको स्थानीय महेस भाटले बताए। उनले भने, ‘असिनाले खेत नै सेताम्य भयो। रुखका बोक्रासमेत निस्कने गरेर परेको असिनाले गहुँबाली र तरकारीबालीमा व्यापक क्षति र्पुयाएको छ।’

खेतमा पाकेको गहुँ नष्ट हुँदा भोकमरीको सम्भावना बढेको अमरगढी–३ का किर्सन पनेरुले बताए। पनेरुका अनुसार बिहीबार परेको असिनाले गहुँबाली, तरकारी र फलफूल खेतीमा समेत व्यापक क्षति र्पुयाएको छ।

सम्बन्धित खवर

Back to top button