बैतडीको सिगास गाउँपालिकामा शंकास्पद वस्तु फेला

बैतडी, २५ वैशाख : बैतडीको सिगासमा शंकास्पद वस्तुु फेला परेको छ। सिगास गाउँपालिका–१ स्थित बचकोट खोलामा उक्त वस्तु फेला परेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

हिन्दी भाषामा ‘ये हानिकारक नही हे’ भनेर उक्त वस्तुमा लेखिएको प्रवक्ता चन्दले बताए। उनले भने, “सानो डिब्बा रहेको छ, उक्त वस्तुमा धुँवा निस्किरहेको अवस्थामा स्थानीय देखेपछि प्रहरीलाई खबर गरेका थिए।”

आएमेट फोर आर एसबी लेखिएको उनले जानकारी दिए। ड्रोन जस्तो आकारको उक्त वस्तु प्रहरी चौकी गाँजरीमा राखिएको प्रहरीले जनाएको छ। कसले र किन उक्त वस्तु त्यहाँ राखेको भन्ने बारे थाहा हुन सकेको छैन्।

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित खवर

Back to top button