कोरोना कोषलाई आशा लघुबित्तको सहयोग, संक्रमित बढ्दै लकडाउन खुकुलो हुंँदै

कोहलपुर, ३० वैशाख : आशा लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय कोहलपुरले आज कोहलपुर नगरपालिकाले स्थापाना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचारकोषमा १२ हजार (बाह्र हजार)सहयोग रकम हस्तान्तरण गरेको छ। कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतलाइ आशा लघुबित्त संस्था कोहलपुरका शाखाका प्रबन्धक कुल बहादुर पुनले उक्त राशिको सहयोग रकम चेक मार्फत बुझाएका हुन।

प्रबन्धक पुनले सामाजिक उत्तर दायित्वको हिसाबले उक्त रकम झन्डै दुइ महिना लामो जारी लकडाउनका कारण सामान्य खर्च टार्न नसक्ने दैनिक ज्यालादारी मज्दुर, किसान तथा निम्न बर्गका लागि अलिकति राहात पुगोस् भन्ने हेतुले संस्थागत सहयोग गरिएको र आउदा दिनमा पनि यस्ता कार्यहरुमा संस्थाले सक्दो भुमिका निर्बाह गर्ने जनाउदै, संस्थाले राष्ट्र बैङको निर्देशन अनुसार अषाढ मासान्त सम्ममा बाँकी रहेको किस्ता र कर्जा रकममा ३% ब्याज छुट दिएको र यस अबधिमा कर्जा भुक्तान तथा अन्य आवश्यक सेवाको लागि सार्वजनिक बिदा बाहेकका अन्य दिनहरुमा कार्यालय खुल्ला रहने जानकारी गराएका छन।

नुवाकोटको ककनिमा २०७३ सालमा कर्पोरेट कार्यालय स्थापना गरि नेपाल राष्ट्र बैङ्क बाट ‘घ’बर्गको इजाजत प्राप्त गरि राष्ट्रिय स्तरको लघुबित्त वित्तिय संस्थाको रुपम स्थापित उक्त लघुबित्तले छोटो समयमा देशका २९ वटा जिल्लाहरूमा ५५ वटा शाखा बिस्तार गरि ५५ हजार भन्दा बढी सदस्यहरुलाई निरन्तर सरल वित्तिय सेवा प्रधान गर्दै आएको छ।

यता कोरोना संक्रमितको संख्या बड्दै गर्दा रेडजोनमा परेको कोहलपुर नेपालगञ्जको लकडाउन पुरै खुकुलो भैसकेकाे छ। मानिसहरू सडकमा बाक्लो आवतजावत गर्न थालेका छन भने कडा पार्ने भनि गरिएको लकडाउनकाे निर्णय उलङ्घन हुदापनि प्रशासनले कुनै दवाब दिनसकेको छैन । जिम्मेवार निकायको गैरजिम्मेवार एवं टाढा पन र जनताको छाडापनले भयानक महामारी फैलिन सक्ने तिर समयमै ध्यान पुर्जयाउन जरुरी छ अन्यथा यो यस अघिको लकडाउनको कुनै अर्थ रहने छैन।

सम्बन्धित खवर

Back to top button