पश्चिम सेतीका लागि डोटीमा बालियो ७ सय ५० टुकी


डडेल्धुरा, २ जेठ : पश्चिम सेती निर्माण गर्न दबाव दिन डोटीमा ७ सय ५० टुकी बालिएको छ। वषौदेखि अलपत्र पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै डोटीमा बिहीबार दिउँसो ७ सय ५० टुकी बालिएको हो।
पश्चिम सेती निर्माणका लागि दबाब दिन डोटीमा टुकि बालिएको बोलन्या थली धनगढीका संयोजक यादव जोशीले जानकारी दिए। आउँदो बजेटमा पश्चिम सेतीलाई समावेश गरी निर्माण थाल्नुपर्ने माग सहित दिउँसै टुकी बालिएको संयोजक जोशीले जानकारी दिए।




आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छरु आजको रोगलाई त जितौला भोलिको भोकलाई के गरौँलारु रिभर्स माईग्रेशनको व्यवस्थापन गरौँ१ भन्ने नारा सहित संस्थाले डोटीको सेती नदीको पुलमा टुकी बालेको हो।
‘आश्वासन अति भो, धैर्य गर्ने कति होरु, आश्वासनका २२ वर्ष पश्चिम सेती कहिले बन्छरु, हिजो आशा म¥यो, आज जवानी मर्दैछ, भोलि सपना मर्नेछलगायत नारासहित बोलन्या थलीले यसअघि कचौरा लिएर काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेको थियो।
त्यस्तै बोलन्या थलीले सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र संगीत संघर्ष कार्यक्रम समेत गरेको थियो। ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना वषौँदेखि अनिर्णयको बन्दी भएपनि सरकारी स्तरबाट चासो नदिईदा झनै अलपत्र परेको छ।
आयोजना बनाउन १६ वर्षसम्म अष्ट्रेलियाको स्नोइ माउन्टेन कर्पोरेशन समेक र पाँच वर्ष चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनले जिम्मेवारी लिए पनि काम अघि बढेको छैन।








