गृह मन्त्रालयको टोली कालापानी क्षेत्रको अनुगमनपछि काठमाडौं फर्कंदै

दार्चुला, २ जेठ : दार्चुलाको कालापानीरलिपुलेक क्षेत्रको स्थलगत अनुगमनपछि गृह मन्त्रालयको टोली काठमाडौं फर्किन लागेको छ। बुधबार कालापानीनजिक सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी)स्थापना र अनुगमनका लागि छाङ्गरू पुगेको गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईको टोली आज काठमाडौं फर्किन लागेको हो।

टोली आज सेनाको हेलिकोप्टरबाट दार्चुला–सुर्खेत हुँदै काठमाडौं आउन लागेको बताइएको छ। भारतले एकतर्फी रूपमा कालापानी, लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण गरेर उद्घाटन गरेपछि बुधबार सशस्त्र एआईजी नारायणबाबु थापाले बुधबार (बीओपी)को उद्घाटन गरेका थिए।

दार्चुलाको सदरमुकाम खलङ्गास्थित सशस्त्र प्रहरी बल नेपाल नं. ५० गुल्म हेडक्वार्टरका सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा बीओपी स्थापना गरिएको हो। बीओपीमा अहिले २५ जनाको जनशक्ति रहने बताइएको छ। (बीओपी)का लागि चाहिने हातहतियार, बन्दोबस्तीका सामान र फौज लिएर नेपाली सेनाको हेलिकोप्टर गएको थियो।

सम्बन्धित खवर

Back to top button