उदयपुरका एकजना पत्रकारमा काेराेना संक्रमण

उदयपुर, ३ जेठ : उदयपुरका एकजना पत्रकारमा काेराेना संक्रमण पुष्टि भएकाे छ । एकजना पत्रकार सहित हालसम्म ३३ जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको छ । केही दिनअघिसम्म जिल्लाको त्रियुगा नगरपालिका-३, भुल्केस्थित नुरीमस्जिद आसपासको क्षेत्रमा सिमित रहेको कोरोना त्रिनपा ११ स्थित सदरमुकाम गाईघाट बजारतर्फ फैलिन थालेको छ।

अहिले गाईघाट बजारमा संक्रमण देखिएपछि त्रास फैलिएको छ । संक्रमण बढेसँगै जिल्लास्थित सुरक्षा संयन्त्रको बैठक बसिरहेको छ । सिल गरिएको क्षेत्र भन्दा बाहिर संक्रमण देखिएपछि थप फैलन नदिन नयाँ रणनीति अपनाउन प्रमुख जिल्ला अधिकारीले बैठक बोलाएका छन् ।

प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले संक्रमित सञ्चारकर्मीसँग सम्पर्कमा को-को आए भन्ने कुराको पहिचान भइरहेको बताए ।

सम्बन्धित खवर

Back to top button