स्थानीयले सिगास गाउपालीका वडा नं ३ मा तालाबन्दी

बैतडी, ४ जेठ : बैतडीको सिगास गाउपालीका वडा नं ३ को कार्यालयमा शनिबार स्थानीय उपभोक्ता हरुले ४ बुदे माग सहित २ दिने अल्टीमेटम राखि वडा कार्यालयमा तालाबन्दि गरेका छन। वडा नं ३ का अध्यक्ष शेर सिंह साउंदले आफ्नो मनोमानीमा ७ करोड बढी बजेट रहेको खानेपानी योजनामा कसैलाई जानकारी नगराई निश्चित उपभोक्ता हरुलाई मात्रै बोलाई समिति गठन गरेकाले वडा कार्यालयमा तालाबन्दि गरिएका स्थानीय गगन सिंह धामीले बताए।

उनका अनुसार फपराडी,सिन्नेपानी, सिन्याखेत हुंदै लगन खानेपानी आयोजनाको समिति निश्चित ब्यक्तीलाई मात्रै जानकारी गराएपछि पछी स्थानीयले बडा कार्यालयमा ताला लगाएको बताएका छन। संघिय सरकारको करिब ७ करोड रकम बिनयोजन भएको योजना अबैधानीक भएको भन्दै ताला लगाईएको स्थानीयको आरोप छ।

स्थानीय उपभोक्ता राजेन्द्र धामीले स्थानीयका माग पुरा नभए कडा रुपले जाने बताउंदै ४ बुदे माग समेत २ दिने अल्टीमेटम दिईएको बताए। ४ बुदे मागहरुमा यहि जेठ १ गते खसि भात खुवाई अध्यक्षले मनपरी ढंगबाट बनाएको समिति खारेज गर्नुपर्ने, उपभोक्ता समिति गठन गर्दा स्थायी बसोबास भएको उपभोक्ता हुन पर्नेमा डडेल्धुरा बसाई सराई गरि गएका मान सिंह साउंदलाई अध्यक्ष बनाईएकाले ऐन अनुसार पुनःगठन हुनु पर्ने, स्थानीय लाई पानीको आवश्यकता चांडो भन्दा चांडो पुर्ति गर्न स्थानीय बाट काम नहुने भएमा ठेक्का सक्झौता जानुपर्ने, गैर कानुनी काम गरेकाले पत्रकार सम्मेलन मार्फत क्षमा माग्नु पर्ने भन्दै करिब ७० जनाले हस्ताक्षर गर्दे ४ बुदे माग राखेका छन।

सो बिषयमा वडा अध्यक्ष शेर सिंह साउंदलाई फोन गर्दा सम्पर्क हुन सकेको छैन।

सम्बन्धित खवर

Back to top button