सुदूरपश्चिम सरकार आफैले गरेका कार्यान्वयन गर्न असफल

धनगढी, ६ जेठ : सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका योजना प्रभावकारी बन्न सकेका छैनन्। रोकथाम तथा नियन्त्रणका योजना प्रभावकारी बन्न नसकेपछि संक्रमण फैलिनेमा चिन्ता व्यक्त गरिएको छ। प्रदेशमा कोरोनाको महामारी फैलिएमा व्यवस्थापन गर्ने योजना समेत प्रदेश सरकारले बनाउन सकेको छैन् भने यकिन अवस्था थाहा पाउनका लागि परीक्षणको गति बढाईएको छैन्।

कोरोना परीक्षण प्रयोगशालामा पर्याप्त जनशक्ति समेत नहुँदा काम गर्न असहज भएको सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले बताए।‘प्रयोगशालामा सीमीत जनशक्ति हुँदा कोरोना परीक्षणको कामलाई तिव्रता दिन सकिएको छैन्। विहान ७ देखि राति ११ बजे सम्म चार जना कर्मचारीले काम गर्नुपरेको छ।’ शाहीले भने।

यस्तै लकडाउनको झण्डै दुई महिना पुग्नै लाग्दा समेत प्रदेश सरकार आफैले गरेका निर्णय कार्यान्वयन गर्न असफल भएको छ।
अहिले पनि प्रदेशमा कोरोना भाईरसको नमूना परीक्षणका लागि ल्याबमा आवश्यक पर्ने सामाग्री खरिद गर्न नसक्दा संघिय सरकारकै मुख ताक्नुपर्ने बाध्यता छ। बजेट र खरिद गर्ने अधिकार हुँदाहुँदै पनि प्रदेश सरकारले परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरिद नगरेको हो।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले अहिले भने सम्भावित जोखिमलाई ध्यानमा राखेर काम थालिएको दावी गरे।‘५ करोडको किट खरिदका लागि बजेट माग गरेका छौँ। बजेट प्राप्त भए प्रदेश सरकारले नै खरिद गर्नेछ।’ कार्कीले दिनेश खवरलाई भने। यस्तै चैत १५ मा बसेको प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले धनगढी सहित बैतडी र डोटीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो।

तर अहिले सम्म खरिद प्रक्रिया समेत पूरा भएको छैन्। यस्तै प्रदेशका अस्पतालहरुका लागि २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेपनि अहिले सम्म खरिद प्रक्रिया पूरा भएको छैन्। प्रदेश स्वाथ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थी भने नेपाल सरकारको कानून अनुसार प्रक्रिया अगाडी बढेको दावी गरे।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि ४० करोडको कोष खडा गर्दै आवश्यक पर्ने बजेट व्यवस्थापन गरेको छ। कोषमा विभिन्न सामाजिक संघ संस्थाहरुले समेत सहयोग गर्दै आएका छन्। सोही बजेटबाट प्रदेशमा कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि कोरोना विशेष तोकिएको सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटर सहितको पाँच शैयाको। आईसियु सेवा, धनगढीमै ५० शैयाको प्रिफ्याव भवन सहितको अस्पताल भवन निर्माण गरिएको छ।

यस्तै कञ्चनपुरको महाकाली अस्पताललाई पनि आईसियु सेवा सञ्चालन र प्रि–फ्याब भवन सहितको अस्पताल भवन निर्माणका लागि बजेट दिईएको छ। प्रदेश सरकारले भारतमा रहेका मजदुरहरुको विवरण स्थानीय तह मार्फत संकलन गर्ने भनेपनि अहिले सम्म त्यो निर्णय समेत कार्यान्वयन भएको छैन्।

प्रमुख प्रतिपक्षी दल काँग्रेसले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकारको भूमिका नदेखिएको आरोप लगाएको छ। प्रतिपक्षी दल काँग्रेसका प्रदेशसभा सदस्य भरत खड्काले भने, ‘प्रदेश सरकारको भूमीका राम्रो देखिएन्। सक्रियता पनि देखिएन्। प्रदेश सरकारको निस्कृयताले ढुक्क भएर बसने अवस्था छैन्।’

सम्बन्धित खवर

Back to top button