बैतडीको मेलौलीमा भारतबाट उद्धार गरिएका १७ जाना क्वारेन्टाईनमा
बैतडी, ६ जेठ : बैतडीको मेलौली नगरपालिकामा अहिले १७ जाना क्वारेन्टाईनमा बसेका छन। भारतको पलियाबाट उद्धार गरि ल्याईएका उनिहरुलाई नगरपालिकाले निर्माण गरेका क्वारेन्टाईनमा राखिएको नगर उप–प्रमुख राधा ओझाले बताईन। १४ जानालाई मणिलेक माबिमा बनाईएको क्वारेन्टाईनमा राखिएका छन भने ३ जानालाई सलेनाको धर्मघरमा बनाईएको क्वारेन्टाईनमा राखिएका छ।
रोजगारिको शिलशिलामा भारतका बिभिन्न ठाउमा रहेका उनिहरु लकडाउनका कारण बिभिन्न समस्यामा परेपछि नेपाल फर्किएका थिए। नेपाल र भारत सरकारले आ–आफ्नो देशलाई पुरै लकडाउन गरेका अवस्थामा सिमानाका बन्द हुदा उनिहरु भारतको पलिायमा क्वारेन्टाईनमा बसेको थिए।पलियामा क्वारेन्टाईनमा बसेका बेला खान बस्न लगायत बिभिन्न समस्याहरु सिर्जना हुदा उद्धारको लागि आह्वान गरेको थिए।
नगरपालिकाले बिभिन्न निकाय सगं समन्वय गरि पलियाबाट उनिहरुको उद्धार गरि धनगढी देखि मेलौली सम्मको गाडिको ब्यवस्था र प्रतिब्यक्तिको १५०० गाडी भाडाको ब्यवस्था गरेको थियो। उद्धार गरिएका सबै जानाहरु पुरुषहरु रहेका छन। उनिहरुको स्वास्थ्य अवस्था नाकामा चेकजाच गरिएको र यता नगरपालिमा पनि स्वास्थ्यकर्मिको निगरानिमा राखि चेकजाच गर्दा सबै जानाहरु स्वस्थ र सामान्य अवस्थामा रहेको थियो।
पलियाको नाकामा खान बस्न लगायत बिभिन्न समस्या खेपिरहेका उनिहरुलाई नगरपालिकाले उद्धार गर्दा आफुहरु निकै खुसि भएका र सबै जाना ईमानदारिताका साथ क्वारेन्टाईनमा बसेको नगर उप–प्रमुख ओझाले बताईन। मेलौली नगरपालिका भित्रका भारतमा रहेको नागरिकहरुको तथ्याङ (डाटा) सकंलन गर्ने प्रकृया सुरु भईरहेको नगर उप–प्रमुख ओझाले बताईन।
प्रत्येक वडाका जनप्रतिनिधिहरु, बिद्यालयका प्रधानाध्यापक र ब्यवस्थापन समितिका अध्यक्षहरुलाई पत्राचार गरि नेपाल भन्दा बाहिर रहेका मेलौली भित्रका नागरिकको तथ्याङ सकंलन गर्ने कार्य २/३ दिन भित्रै सुरु गरि उद्धारको प्रकृया अगाडि बढाईने उनले बताईन।
शिबनाथ गाउपालिका र पञ्चेश्वर गाउपालिकामा पर्ने भारतिय खुल्ला सिमानाकाबाट मेलौली भित्रका केहि जाना ट्युब मार्फत आएको भएपनि तिनिहरुलाई पनि क्वारेन्टाईनमा राखिएको उनले बताईन। पहिले ति नाकाहरुबाट चोरीछिनि आउने गरेको भएपनि अहिले सुरक्षा ब्यवस्थामा कडाई गरि चोरिछिनि आउने क्रम रोकिएको छ।
कोरोना भाईरसको यो माहामारिमा बिश्व नै आक्रान्त बनेका बेला बढि जासो मारमा दिर्घ रोगिहरु परेका छन। उनिहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै मेलौली नगरपालिकाले नगरपालिका भित्र रहेका दिर्घ रोगिहरुको तथ्याङ सकंलन गर्ने प्रकृया थालेको उनले बताईन।
दिर्घ रोगिहरुको तथ्याङ सकंलन गरि नगरपालिकाको बिपद ब्यवस्थापन कोषबाट १५ हजार रुपया प्रत्येक दिर्घ ब्यक्तिलाई औषधि खर्च स्वरुप दिने योजना रहेको नगर उप–प्रमुख ओझाले जानकारि गराईन।