वडामा कार्यरत कर्मचारी लाई क्वारेन्टाईनमा नराखेको भन्दै अजयमेरु गाउँपालिका–४ मा तालाबन्दि
डडेल्धुरा, ७ जेठ : डडेल्धुराको अजयमेरु गाउपालिका वडा नं.–४ को कार्यालयमा तालाबन्दि गरिएको छ । लकडाउनका समयमा गाउपालिकाले जिल्ला बाहिर लगायत अन्य ठाँउ बाट आएका कसैलाई क्वारेन्टानमा राखेको र कसैलाई घर जान दिएको भन्दै स्थानियले मंगलबार राती वडा कार्यालयमा तालाबन्दि गरेका हुन ।
जिल्ला बाहिर लगायत अन्य ठाउँ बाट आएका गरिब जनता लाई क्वारेन्टाईनमा ठेल्नु र हुने खाने धनी बर्गका, जनप्रतीनिधी संग नजिक रहेका स्थानिय लाई भने शक्तिको भरमा उनमुक्ति दिई लुकाइ फरार गराईएकाले वडा नं।–४ चिपुर स्थित वडा कार्यालयमा तालाबन्दि गरिएको स्थानिय राम बहादुर बिष्टले जानकारी दिए ।
गाउपालिका सरकारले बनाएको निति नियम सबैको लागि बराबर लागु होस भन्दै राती वडा कार्यालयमा ताला लगाईएको स्थानिय बिष्टले बताए । यस्तो विषम परिस्थितिमा अजयमेरुमा जनताहरुको स्वास्थ प्रति खेलवाड नगरियोस । कसै लाई घर जान दिई कोरोना भाईरस कोभिड-१९ को जोखिम उच्च बढेकाले जनप्रतीनिधीको ध्यानाकर्षण गराउन वडा कार्यालयमा ताला लगाएका स्थानिय बताउछन ।
यस बिषयमा स्यानियले गम्भिर आपत्ति जनाएका छन । बाहिर बाट आएका जो कोहि लाई पनि तुरुन्तै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनु पर्ने स्थानियको माग छ । क्वारेन्टाईनमा राख्ने व्यवस्था नभए अजयमेरु गाउँपालिकामा धेरै ठुलो भयावह अवस्था नआउला भन्न सकिन्न । भारत बाट धेरै स्थानिय गाउँ आउदै छन ।
कञ्चनपुरको महेन्द्रनगर बाट आएका एक जना कर्मचारीले क्वारेन्टाईनमा बस्न नमानेको गापालिका उपाध्यक्ष कलावती भाणले बताईन । महेन्द्रनगर बाट आएका एक जना कर्मचारीले गायगरिब लाई मात्रैपालिकामा समेत नबस्ने बताउदै जिल्ला सदरमुकाम डडेल्धुरा गए पछि भारत बाट आई क्वारेन्टाईनमा बसेका विपक्षिहरुले वडा कार्यालयमा तालाबन्दि गरेको उनले बताईन ।
अजयमेरुमा हालै मात्र भारत बाट ३५ जना स्थानिय पुगेका छन । उनिहरु सबै क्वारेन्टाईनमा छन । अरु स्थानिय पनि आउने क्रम जारी रहेको उपाध्यक्ष भाणको भनाई छ । नेपाल भारतको सिमा क्षेत्रमा हजारौ स्थानिय अलपत्र छन । सिमामा रहेका स्थानियले दिनहु फोन मार्फत घर पु¥याउन आग्रह गर्छन । उनले भनिन्, ल्याउन दिए ल्याउथ्यौ । ल्याउन पनि त्यति सहज नभएकाले उनिहरुको उद्दार गर्न नसकेको उनले बताईन ।