भारतबाट सयौँ नेपाली पुगे गौरीफन्टा, गाडीको पर्खाइमा स्थानीय प्रशासन

धनगढी, ७ जेठ : भारतका विभिन्न क्षेत्रबाट नेपाली मजदुर गौरीफन्टा नाकामा पुगेका छन्। पलियामा अलपत्र परेका उनीहरु अहिले गौरीफन्टा नाकामा स्वदेश फिर्ताको अनुमतीका लागि पर्खिरहका छन्। प्रदेश र स्थानीय सरकारले बसको व्यवस्था गरे उनीहरुलाई सम्बन्धित स्थानीय तहमै पठाउने तयारी भईरहेको स्थानीय प्रशासनले जनाएको छ।

‘झण्डै पाँच सय जना दशगजामा पुगिसकेका छन्। स्थानीय प्रशासनले कैलालीमै सबैको व्यवस्थापन गर्न सक्दैन्। केही स्थानीय तहले मात्रै बस पठाउने कुरा गरेका छन्। हामी बसको पर्खाइमा छौ।’ जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले भने।

उनले गाडी पठाएका स्थानीय तहका वासिन्दालाई आज नै पठाउने तयारी भईरहेको र अन्य स्थानीय तहसंग समेत समन्वय भईरहेको बताए। उनका अनुसार अहिले पनि सीमा क्षेत्रमा नेपालीहरु आउने क्रम जारी नै रहेको बताए।

प्रदेश सरकारले ¥यापिड टेस्टका लागि किट नदिएपछि उनीहरुको ज्वरो मात्रै परीक्षण भईरहेको समेत स्थानीय प्रशासनले जनाएको छ। नाका पुगेका नेपालीहरुले देशमा तीन तहको सरकार भएको अनुभुती समेत नभएको बताएका छन्।

भारतका विभिन्न क्षेत्रबाट गौरीफन्टा नाका पुगेका डडेल्धुरा जिल्ला ३५ जना रहेका छन । अरु जिल्लाका सबै लाई लगिसक्यो हामी मात्र बाकी छु नवदुर्गा गाउँपालिकाका टेक बहादुर साउँदले भने। उनका अनुसार अहिले सम्म डडेल्धुरा जिल्लाले गाडी नपठाएको बताए।
भारतमा रोजगारी गुमाएपछि निकै कष्टकर दैनिकी बिताउन परेको बताउँदै तीन तहकै सरकारले उद्धारका लागि वेवास्ता गरेको उनले बताए।

सम्बन्धित खवर

Back to top button