बझाङमा गाउँपालिकाले बनाएको भवनमा बंगुरपालन गर्दै नेकपा कार्यकर्ता

बझाङ, ७ जेठ : बझाङमा गाउँपालिकाको बजेटमा बनेको जडिबुटी प्रशोधन केन्द्रको भवनमा बंगुरपालन गरिएको पाइएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ बडुखोरीका स्थानीय तथा नेकपा कार्यकर्ता गोरख धामीले गाउँपालिकाले बनाएको भवनमा बंगुरपालन गरिएको पाइएको हो।

उनी २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा पराजय भएका व्यक्ति पनि हुन्। आर्थिक वर्ष २०७४/०७५ मा पालिकाबाट सो भवन निर्माणका लागि १ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। अहिले सो भवन निजी प्रयोजनमा प्रयोगमा आएको पाइएपछि स्थानीयले चर्को विरोध पनि गरिरहेका छन्।

धामीले गाउँपालिकाबाट आएको बजेटमा बनेको भवनको दुरुपयोग गरिहरको नाम नखुलाउने सर्तमा एक स्थानीयले बताए। धामीले पनि जडिबुटी प्रशोधनका लागि बनाइएको भवनमा बंगुरपालन गरेको स्वीकार गरेका छन्। यता वडाध्यक्ष पदम मण्डेलले गाउँपालिकाको बजेटमा बनेको भवन व्यक्तिगत प्रयोजन गर्न नमिल्ने बताए। उनले आफूले अनुगमन गर्दा दुरुपयोग नभएको पाइएको बताए। अहिले जडिबुटी प्रशोधन केन्द्र भवनको दुरुपयोग भएको खबर आएकाले थप अनुगमन गरेर प्रक्रियामा जाने बताए।

गाउँपालिका कार्यालयले भवन दुरुपयोग भएकोबारे केही जानकारी नभएको बताएको छ। गाउँपालिका उपाध्यक्ष राधिका रतालाले आफूलाई त्यो भवनबारे केही पनि जानकारी नभएको प्रतिक्रिया दिइन् । उपाध्यक्ष रतालाले २र४ दिनभित्र भवन निर्माण स्थलको अनगुमन गरेर विस्तृत जानकारी लिने बताइन्।

सम्बन्धित खवर

Back to top button