सरकारले ५६ अर्ब ८२ करोड रुपैयाँ ऋण तिर्याे
काठमाडाैं, ९ जेठ : सरकारले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ५६ अर्ब ८२ करोड रुपैयाँ ऋण तिरेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले नौ महिनामा आन्तरिक र बाह्य ५६ अर्ब ८२ करोड रुपैयाँ ऋण तिरेको हाे ।
आन्तरिक ऋणतर्फ २६ अर्ब ५५ करोड रुपैयाँ साँवा र १४ अर्ब ४९ करोड ब्याज गरी ४१ अर्ब चार करोड रुपैयाँ भुक्तानी गरेको छ । यस्तै बाह्य ऋणतर्फ साँवा १२ अर्ब ९८ करोड रुपैयाँ र ब्याज दुई अर्ब ८० करोड गरी १५ अर्ब ७८ करोड रुपैयाँ भुक्तानी गरेको हाे ।
नेपालको कुल ऋण ११ खर्ब ९५ अर्ब ६० करोड रुपैयाँ रहेको छ । यसमध्ये आन्तरिक ऋण चार खर्ब ८१ अर्ब ५२ करोड रुपैयाँ र वैदेशिक ऋण सात खर्ब १४ अर्ब सात करोड रुपैयाँ रहेको छ ।