डडेल्धुराका एक युवकमा कोरोना संक्रमण पुष्टी

डडेल्धुरा, ९ जेठ : डडेल्धुराका संक्रमित युवक अस्पतालबाट डिस्चार्ज भईसकेका बिरामी भएको खुलेको छ । जिल्लाको परशुराम नगरपालिका–१० का २८ बषीय कोरोना संक्रमित पुरुष अस्पतालबाट डिस्चार्ज भईसकेका बिरामी रहेको खुलेको हो।

कोरोना संक्रमित व्यक्ति जेठ ६ गते उपचारका लागि डडेल्धुरा अस्पताल पुगेको र ति पुरुषमा स्क्रव टाइफस पोजेटिभ देखाएपछि अस्पतालले डिस्चार्ज गरेको डडेल्धुरा अस्पतालका सुचना अधिकारी टंक प्रसाद पन्तले बताए।

सुचना अधिकारी पन्तका अनुसार उनको अबस्था सामान्य रहेको र उनि सञ्चो भएर घर फर्किसकेका थिए। अहिले सम्पर्कमा ल्याएर आईसोलेसनमा राख्ने तयारी छ ।’ उनले भने, ‘उनको ६ गते मात्रै थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो।’

सम्बन्धित खवर

Back to top button