काठमाडौंमा अध्ययनरत विद्यार्थीलाई सांसद मल्लद्धारा राहत वितरण


डडेल्धुरा, ९ जेठ : सुदूरपश्चिम प्रदेश सांसद एवं नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले राहत वितरण गरेका छन् । काठमाडौंमा अध्ययनरत डडेल्धुराका विद्यार्थीहरूलाई सांसद मल्लले राहत सामाग्री वितरण गरेका हुन् । डडेल्धुरा घर भई काठमाडौंमा अध्ययनरत ३० जना विद्यार्थीलाई शुक्रबार राहत वितरण गरिएको प्रदेश सांसद कर्णबहादुर मल्लले बताए ।
सांसद मल्लका अनुसार लकडाउनको अवस्थामा समस्यामा परेका ३० जना विद्यार्थीहरूलाई राहत (खाद्यन्न, नुन, तेल, दाल, तरकारी ) सामाग्री वितरण गरिेएको हो । नेपाली काँग्रेसका नेता मोहन बस्नेत र त्रिचन्द्र क्याम्पसमा अध्ययनरत विद्यार्थी करुणाकर भट्टको संयोजकत्वमा ३० जना विद्यार्थीलाई राहत वितरण गरिएको छ ।



चैत ११ गतेदेखि देश लकडाउन भएसँगै काठमाडौंका विभिन्न विद्यालय, क्याम्पसमा अध्ययन गर्दै गरेका र समस्यामा परेका विद्यार्थीलाई राहत वितरण गरिएको त्रिचन्द्र क्याम्पसका विद्यार्थी भट्टले जानकारी दिए ।
प्रदेश सांसद कर्णबहादुर मल्लले देशका विभिन्न ठाउँमा समस्यामा परेका विद्यार्थी, मजदुरलाई गत बैशाखमा उद्दार गरि डडेल्धुरा पुर्याएका थिए । मल्ल नेपाली काँग्रेसको राजनीतिमा सक्रिय एवं सशक्त युवा नेता हुन् । उनले आफ्नो प्रदेश र जिल्लामा रहेका विभिन्न क्षेत्रमा सेवा प्रवाह गर्दै आएका छन् ।








