डडेल्धुरामा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन


डडेल्धुरा, १० जेठ : डडेल्धुरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ। जिल्लाकोे अजयमेरु गाउंपालीका वडा नं २ चमडा बजारमा शुुक्रबार स्थानिय युवाहरुले मोदीको पुत्ला दहन गरेका हुन।
नेपाल सरकारले हालै मात्र जारी गरेको नेपालको नया नक्सामा कालापानी, लिपुलेक र लिम्पीयाधुरा समाबेस गरेपछी भारतीय सञ्चार माध्यमले दिएको गलत अभिब्यक्तिको बिरोध स्वरुप युवाहरुले पुत्ला दहन गरेको अनेरास्वबीयुका जिल्ला सदस्य चन्द्र ऐरले बताए।



लिपुलेक कालापानी, लिम्पियाधुरा हाम्रो हो, भारतिय विस्तारवाद मुर्दावाद भन्दै नाराबाजी गरि पुत्ला दहन गरिएको हो। नेपालको नक्सा नयाँ बनाएर मात्र नहुने र भुगोल पनी नेपालकै हुनु पर्नेमा स्थानीयको जोड थियो। बिरोध प्रदर्शनमा दजर्नौ अनेरास्वबियुका युवाहरु लगाएत अन्यहरुको उपस्थिति रहेको थियो।








