क्वारेन्टाईनमा रहेका ७८ जना लाई नेपाली कांग्रेस डडेल्धुराले खाना वितरण

डडेल्धुरा, १२ जेठ : बिश्वभरी फैलिएको कोरोना महामारीको सन्त्रासका कारण जारी लकडाउनबाट प्रभावित भएर भारतबाट डडेल्धुरा पुगेर क्वारेन्टाईनमा बसेका नागरिकहरूलाई आज पनि नेपाली कांग्रेस डडेल्धुराले निःशुल्क खाना वितरण गरि खुवाएको हो ।

नेपाली कांग्रेस डडेल्धुराले सञ्चालन प्रकाश चटौत आपतकालिन भोजन चुलोले आज (सोमबार) पनि क्वारेन्टाईनमा बसेका ७८ जनालाई खाना खुवाइएको कांग्रेस डडेल्धुराका कार्यालय सचिव राम बिष्टले जानकारी दिए । उनले भने डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा रहेका ७८ जना ब्यक्तीहरु लाई कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलका स्वयंमसेवकले  खाना खुवाइएको हो।

यसैगरी कांग्रेस डडेल्धुराले हिजो पनि डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा रहेका ५४ जना र महेन्द्र मा बि खलंगाको क्वारेन्टाईनमा रहेका ३८ जनालाई कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलका स्वयंमसेवकले खाना खुवाइएको नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सांसद कर्णबहादुर मल्लले बताए ।

सम्बन्धित खवर

Back to top button