यो वर्षकै उच्च गर्मी, धनगढीको तापक्रम ४० दशमलव ५ डिग्री सेल्सियस

धनगढी, १२ जेठ : धनगढीमा आज यो वर्षकै बढि गर्मी रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाका अनुसार आज धनगढीको अधिकतम तापक्रम ४० दशमलव ५ डिग्री सेल्सियस रेकर्ड गरिएको छ।

यसअघि आईतबार धनगढीको अधिकतम तापक्रम ४० दशमलव १ डिग्री सेल्सियस मापन गरिएको कार्यालयका मौसम अबजर ब्रिजलाल चौधरीले बताए। पछिल्लो केही दिनयता धनगढीमा गर्मी बढ्दै गएको छ।

गर्मी बढ्दै जान थालेपछि यसक्षेत्रको जनजीवन प्रभावित भएको छ।

सम्बन्धित खवर

Back to top button