डडेल्धुरामा मापदण्ड विपरीत क्वारेन्टाइन संञ्चालन


डडेल्धुरा, १२ जेठ : डडेल्धुरा सदरमुकामकै क्वारेन्टाइन अस्तव्यस्त छन्। अमरगढी नगरपालिकाले क्वारेन्टाइन तोकेको महेन्द्र माविमा क्वारेन्टाइनमा अभावै-अभाव छ। कोरोना भाइरस कोभिड–१९ सम्बन्धि क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ ले उल्लेख गरेअनुसार कुनै मापदण्ड कार्यान्वयन भएका छैनन्।
मापदण्डको सुरुवातमा घना वस्तीबाट टाढा हुने पर्ने भनेको छ तर जिल्ला सदरमुकाकै महेन्द्र माविको ५ मिटरमै घरहरू छन्। यो समाचार तयार पार्दासम्म त्यहाँ क्वारेन्टाइनमा ५७ जना राखिएको छ। यसमा यहाँका नागरिक सचेत भएरकोरोना जोखिमबाट बच्ने उपाय अपनाउलान तर क्वारेन्टाइनमा बस्ने भारतबाट आएका अमरगढीका नागरिक एकै कोठामा १० देखि १५ जना बसेका छन्।



सञ्चार, स्वास्थ्य, सडक, पानी, बिजुलको पूर्ण व्यवस्था हुनु पर्ने भनेको छ। त्यहा खानेपानी, विद्युत्, स्वास्थ्य, खानेपानी छैन। खाना कसले पकाउने क्वारेन्टाइन बस्नेहरूबीच नै आपसमा विवाद हुने गरेको छ। अरुको अच्चमको कुरा त एकले अर्कोलाई कोरोनाको आंशकामा खाना पकाएको खान मान्दैन्।
क्वारेन्टाइनमा थप जोखिम :-
क्वारेन्टाइनमा कुनै पनि व्यवस्था नभएको भन्दै महेन्द्र माविको क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु सोमबार बिहान विद्यालयको गेटमा पुगी आन्दोलन गरिरहेका थिए। क्वारेन्टाइन भित्र धेरै मान्छे रहेको र राम्रो व्यवस्थापन नभएको क्वारेन्टाइन बसिरहेका मीन पाल बताउँछन्। सबै जना एउटै क्वारेन्टाइनमा रहेको र खानेपानीको धारा, प्रयोग गर्ने शौचालय पनि एउटै स्थानमा भएकोले क्वारेन्टाइनमा थप जोखिम रहेकोसमेत उनको भनाइ छ।
विद्यालयको चिसो कोठाहरूमा राखिएको स्थानीयको भनाइ छ। समाजिक दूरीको पनि कसैले ख्याल गर्ने कुरा नै छैन। जसले समुदायमा कोरोना फैलिने जोखिम बढेको छ। त्यहाँ तरकारी बनाउन कुहिको काउली र टमाटरहरू पनि दिएको भेटिएका छन्। त्यहाँ नियमित सरसफाइका सामग्री अभाव छ। मापदण्डअनुसार स्वास्थ्यकर्मीसमेत राख्नुपर्ने भएपनि जिल्लाभरका अधिकांश क्वारेन्टाइनमा राख्न नसकेको देखिएको छ।
व्यवस्थित नभएको गुनासो बढेपछि सहायक प्रमुख जिल्ला अधिकारी तथा क्वारेटाइन संचालन तथा व्यवथापन समितिका संयोजक गणेशदत्त ओझा तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले अनुगमन गरेका छन्। संयोजक ओझाले सबै व्यवस्थापन नभेटिएपछि सम्बन्धित स्थानीय तहका प्रमुखसंग व्यवस्थापन गर्न भनेको प्रक्रिया दिए।
गाउँका क्वारेन्टाइनमा छैन सुरक्षा :-
जिल्ला सदरमुकाम तथा चौकी भएका गाउँपालिका नजिकका क्वारेन्टाइनमा नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ। तर, गाउँ–गाउँका क्वारेन्टाइनमा सुरक्षा उपस्थिति नहुँदा स्थानीय तथा जनप्रतिनिधिहरू आफूलाई असुरक्षित महसुस गरिरहेका छन्।
‘हाम्रो गाउँपालिका एक मात्र प्रहरी चौकी छ त्यही रहेकाले नजिकको क्वारेन्टाइनको सुरक्षा दिन्छ अरुमा पठाउन पर्दैनरु’ नवदुर्गा गाउँपालिका अध्यक्ष कविद्र विष्टको सम्बन्धित निकायलाई प्रश्न छ। सुरक्षा व्यवस्थापन नहुँदा वडाध्यक्ष तथा सदस्यहरूले क्वारेन्टाइनमा रहेकाहरुलाई व्यवस्थान गर्ने नसक्दा असुरक्षा महसुस गरिरहेका छन्। त्यति मात्र नभइ नजिककै घरभएकाहरू भागेर घर जाने संम्भावना पनि उत्तिकै छ।








