सुदूरपश्चिममा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ पुगे

डडेल्धुरा,१३ जेठ : सुदूरपश्चिम प्रदेशमा मंगलबार २ जना कोरोनाका बिरामी थपिएका छन् । योसंगै सुदूरपीश्चममा संक्रमितको सख्या १७ पुगेको छ। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनमा कोरोना पुष्टि भएको हो। थपिएका मध्ये कैलालीको जानकी गाउँपालिकाका-३ का ३८ बर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिका- ४ की ११ बर्षीय बालिका रहेको सेती अस्पतालले पुष्टी गरेको छ ।

संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासंगै कैलालीको गौरीफन्टा नाका भएर धनगढी आएकी थिईन्। उनका बुवामा पनि आईतवार कोरोना संक्रमण पुष्टि भईसकेको छ। उनको सेती अस्पतालमा उपचार भईरहेको छ। कैलालीका संक्रमित भने जिल्लाको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा छन्। उनी पनि भारतबाट आएको खुलेको छ। सोही क्वारेन्टाइनमा रहेका तीन जनामा यसअघि पनि कोरोना पुष्टि भएको थियो। सुदूरपश्चिममा संक्रमितको संख्या १७ पुगे छ ।

सम्बन्धित खवर

Back to top button